हेमजा भेट्रान्समा वडा ६, १० र २५ क्वाटरफाइनलमा

आदर्श समाज सम्वाददाता
असार ३, २०८१
Football hemja vetrans

हेमजा । हेमजा युनाइटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबारदेखि सुरु भएको अन्तरवडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएका छन् ।

वडा नं. ६ ले वडा नं. १५ लाई २–० र वडा न.१० ले वडा नं २० लाई ३–१ र वडा नं २५ ले वडा नं २९ लाई ५–२ को गोल अन्तरले अग्रता निकाल्दै वडा ६, १० र २५ क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

सोमबार हुने पहिलो खेल वडा न. ११ र १७ र दोस्रो खेल वडा नं.४ र वडा नं.१३ बीच हुनेछ । असार ७ गतेसम्म जारी रहने अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप २०८१ को प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमणपत्र रहेको छ ।

सर्वोकृष्ट खेलाडीलाई नगद ५ हजार, सर्वाधिक गोलकर्ता, गोलरक्षक, डिफेन्डर, मिडफिलड, फरवार्डलाई समान २ हजार नगदका साथमा ट्रफी प्रदान गरिनेछ । क्वाटरफाइनलदेखिका खेलहरुमा म्यान अफ दि म्याच घोषित गरी ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • गोदारको काठमाडौं–पोखरा दौड

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिकाका अर्जुन गोदारले काठमाडौं–पोखरा दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई युएईको सार्जा पोर्ट…
  • अर्जुन कप्तानीमा १४ सदस्यीय टोली घोषणा

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपाल क्रिकेट संघ आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कुमाल…
  • राइनो संरक्षण गोल्डकप

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    नवलपुर । मध्यविन्दु–२, कोल्हुवामा आइतबारदेखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबारको खेलमा कपिलवस्तु–११…
  • १८औं कन्यादेवी कप सयपत्री रिङटाङलाई

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    लमजुङ । १८औं कन्यादेवी कप फुटबलको उपाधि सयपत्री रिङटाङले चुमेको छ । कन्यादेवी युवा क्लब अयोजनामा भएको सोही प्रतियोगिताको महिलातर्फ…
  • सहारा क्लब अष्ट्रेलियामा सिद्धार्थ पौडेल

    आदर्श समाज सम्वाददाता कार्तिक ३, २०८१
    पोखरा, ३ कात्तिक । सहारा क्लब अष्टे«लियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग