भद्रकाली माविलाई फुटसल उपाधि

आदर्श समाज सम्वाददाता
असार २, २०८१
bhadrakali

पोखरा । मदरल्यान्ड माविले आयोजना गरेको दोस्रो मदरल्यान्ड एसइई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउँदै उपाधिसहित नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो ।

उपविजेता गोगन माविले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । तेस्रो हुँदै व्रह्मरुपा माविले नगद १० हजार र चौथो हुँदै मदरल्यान्ड माविले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका विजेतालाई मदरल्यानड माविका प्रिन्सिपल नारायण बराल, विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्य लगायतले पुरस्कार वितरण गरे । ३ दिन सम्म चलेको प्रयितोगितामा निजी र सामुदायिक विद्यालयबाट एसइई दिएका विद्यार्थीका ७२ टिमले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width