यु–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०८१
U-15 Opening Photo 1

पोखरा । पोखरामा ‘यु–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ उद्घाटन गरिएको छ । पोखरा रंगशालामा बुधबार भएको प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।

पाण्डेले प्रदेश सरकार खेल र खेलाडीका विषयमा सकारात्मक रहेको बताए । मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम गरिरहेको बताएका हुन् । ‘प्रदेश सरकार खेल र खेलाडीको प्रोत्साहनका लागि दत्तचित्त भएर अगाडि बढिरहेका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि यही अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दर्छौं ।’

ओलम्पिकमा सहभागी खेलाडीको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टू ओलम्पियन’ कार्यक्रम गरिरहेको उनले बताए । गण्डकीबाट ओलम्पिकमा सहभागी खेलाडीलाई आर्थिक सहयोग पनि गरिरहेको उनले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरकाका मेयर धनराज आचार्यलगायतले प्रतियोगिताको सफलताको कामना गरे ।

एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा ७ प्रदेशका छात्रछात्राले प्रतिस्पर्धा गर्ने राखेप सदस्यसचिव टंकलाल घिसिङले बताए । प्रतियोगितामा सात वटै प्रदेशबाट ९० जना (खेलाडी, प्रशिक्षक र म्यानेजरसहित) का दरले कुल ६ सय ३० जनाको सहभागिता छ । खेलाडीले ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । उद्घाटनमा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, खेलाडीको मार्चपास, पञ्चेबाजा, ब्यान्डलगायत प्रस्तुति राखिएको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्यसचिव श्रीधर शर्माले बताए ।

यसैबीच, मधेश प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा स्वर्ण जितेका छन् । लङजम्पको छात्रमा अनुज र छात्रामा सरिताले स्वर्ण जितेका हुन् । छात्रतर्फ सुदूरपश्चिमका वरुण दत्त रानाले रजत तथा लुम्बिनीका श्लोक हरिजनले कास्य जिते । छात्रातर्फ कोसीकी नीकिता एक्तेल लिम्बू दोस्रो तथा गण्डकी प्रदेशकी सुजना कुमाल तेस्रो भए ।

छात्र ४०० मिटर दौडमा सुदूरपश्चिमका वरुण दत्त राना पहिलो भए । मधेशका दीपेश साह दोस्रो तथा लुम्बिनीका सुशान्त थारु तेस्रो भए । सो स्पर्धाको छात्रामा कर्णालीकी कृष्णा रानाले स्वर्ण चुमिन् ।

बागमतीकी भगवती खड्काले रजत तथा लुम्बिनीकी कमला वलीले कास्य हात पारिन् ।

छात्र १०० मिटर दौडमा लुम्बिनीका शुभन बमरेल पहिलो भए । मधेशका अर्जुन शाह दोस्रो तथा कोसीका राजन वान्तवा राई तेस्रो भए । छात्रामा गण्डकीकी एन्जल अधिकारी शीर्ष स्थानमा रहिन् ।

लुम्बिनीकी आरुषी भट्टराईले रजत तथा बागमतीकी मुस्कान चौधरीले कास्य जिते ।

एथलेटिक्सको पहिलो दिन कर्णालीले २ तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले समान १–१ स्वर्ण जिते ।

टेबल टेनिसमा बागमतीले ३ स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ । बागमतीको छात्र÷छात्रा मिक्स, छात्र डबल्स र छात्रा डबल्स विधाका टिम फाइनल पुगेको थियो । मिक्स डबल्समा बागमतीका जयश्नु महर्जन र सुरम्या शाक्यको स्वर्ण जित्दा बागमतीकै नर्मदा खैटु र रीजन शाक्यको जोडीले रजत पदक हासिल गरेको हो । कोसीका गौतम तामाङ र सुलेखाकुमारी ठाकुरसँगै लुम्बिनी प्रदेशका सुविन क्षत्री र सचिना पुरीको जोडीले कास्य हात पारे । छात्र डबल्समा बागमतीका जयश्नु महर्जन र आर्यन शाहीको जोडी प्रथम हुँदा बागमतीकै रिजन शाक्य र एरिस शाक्यको जोडी दोस्रो भयो । गण्डकीका दीपनिसान शाही र स्वर्णिम तिमिल्सिनासँगै कोसीका सुशान्त मेहता र गौतम तामाङको जोडी कास्यमा सीमित भयो । छात्रा डबल्समा बागमतीका सुरम्या शाक्य र नर्मदा खैटुको जोडीले स्वर्ण हात पार्दा बागमतीकै प्रान्जा महर्जन र आर्सना महर्जनको जोडीले रजत जिते । लुम्बिनीका सचिना पुरी र रोशनी बरालको जोडीसँगै गण्डकीका राजश्री अधिकारी र साक्रिया पोखरेलको टिमले कास्य पायो । टेबल टेनिसतर्फ छात्र सिंगल र छात्रा सिंगलतर्फ २ स्वर्ण, २ रजत र ४ कास्यका लागि खेल बिहीबार हुनेछ ।

प्रतियोगितामा बुद्धिचाल, रग्बी, ब्याडमिन्टन र बास्केटबलका पहिलो र दोस्रो चरणका खेलहरु सकिएको छ । सबै इभेन्टमा अन्तिम नतिजासहित बिहीबार समापन गरिने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

  • गोदारको काठमाडौं–पोखरा दौड

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिकाका अर्जुन गोदारले काठमाडौं–पोखरा दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई युएईको सार्जा पोर्ट…
  • अर्जुन कप्तानीमा १४ सदस्यीय टोली घोषणा

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपाल क्रिकेट संघ आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कुमाल…
  • राइनो संरक्षण गोल्डकप

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    नवलपुर । मध्यविन्दु–२, कोल्हुवामा आइतबारदेखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबारको खेलमा कपिलवस्तु–११…
  • १८औं कन्यादेवी कप सयपत्री रिङटाङलाई

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    लमजुङ । १८औं कन्यादेवी कप फुटबलको उपाधि सयपत्री रिङटाङले चुमेको छ । कन्यादेवी युवा क्लब अयोजनामा भएको सोही प्रतियोगिताको महिलातर्फ…
  • सहारा क्लब अष्ट्रेलियामा सिद्धार्थ पौडेल

    आदर्श समाज सम्वाददाता कार्तिक ३, २०८१
    पोखरा, ३ कात्तिक । सहारा क्लब अष्टे«लियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग