टेवान टोली विदेशतिर

आदर्श समाज सम्वाददाता
जेठ २९, २०८१
tewan

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोली पोखराको पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर विदेशतर्फ लागेको छ । टेवान अध्यक्ष कमला गिरी नेतृत्वको टोलीमा संस्थााक सदस्य तथा पत्रकारसहित १९ जना छन् ।

१० दिने भ्रमण कार्यक्रममा टोलीले थाइल्याण्ड, सिंगापुर र मलेसियाको भ्रमण गर्नेछ । टोलीलाई सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिदाइ गर्दै पोखराको समग्र पर्यटन प्रवद्र्धनमा यो कार्यक्रम सफल हुने विश्वास लिए । पोखरा प्रवद्र्वनका लागि टेवानको कार्य सराहनीय भएको बताउँदै भ्रमणको शुभकामन व्यक्त गरे । उनले भ्रमण टोलीलाई खादा लगाएर बिदाइ गरे ।

अध्यक्ष गिरीका अनुसार भ्रमणक्रममा थाइल्याण्डको राजदूतावास तथा एनआरएनए मलेसियासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा नेपाली संघसंस्थाका प्रतिनिधिसँग पनि भेटघाट गरी पोखराको पर्यटन प्रवद्र्धनबारे छलफल गरिने बताइन्।

टोलीमा अध्यक्ष गिरीसहित सचिव शोभा अधिकारी पौडेल, पूर्व सदस्य सरिता बराल क्षत्री, शारदा लम्साल, सदस्य उर्मिला थापा पन्थी, संगीता अधिकारी, संगीता बराल, नीशा बुढा, भगवती खत्री, विनिता अधिकारी बराल, सीता अधिकारी पौडेल, ज्ञानु श्रेष्ठ, सीता कोइराला, रेजिना आचार्य, तारा गिरी, स्पन्दन गिरी र पत्रकार युवराज श्रेष्ठ, युनिस गुरुङ र दुर्गा राना मगर छन् ।

Related News

सम्बन्धित समाचार

  • घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

    रासस कार्तिक २, २०८१
    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार…
  • कुश्मामा पर्यटकको घुइँचो

    रासस असाेज २९, २०८१
    पर्वत । पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरुमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँ…
  • चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार

    रासस असाेज २६, २०८१
    कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा हाइक्याम्पबाट हराएकी एक चिनियाँ पर्यटकको दुई दिनपछि सकुसल उद्धार गरिएको…
  • ९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक

    रासस असाेज २५, २०८१
    म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख…
  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…

hero news full width

trending post

ट्रेन्डिङ्ग