सार्दिखोला सहकारीको रक्तदान

आदर्श समाज सम्वाददाता
जेठ १६, २०८१
blood donation (1)

पोखरा । गणतन्त्र दिवसको अवसरमा मंगलबार माछापुच्छ्रे गाउँपालिका वडा २ मा सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।
वडाध्यक्ष गणेश आचार्यले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका हुन् ।

उनले संस्थाले गर्दै आइरहेको संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतका कार्यक्रमले यस क्षेत्रका वासिन्दामा सकारात्मकता फैलाएको बताए ।

उनले रगत अभावमा देशभरका कोही पनि ब्यक्तिको निधन नहोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिए ।

उद्घाटन सत्र संस्थाका सचिव रामप्रसाद आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रममा ५३ युनिट रगत संकलन गरी प्रादेशिक रक्तसञ्चार सेवा, पोखरालाई हस्तान्तरण गरिएका संस्थाका अध्यक्ष सर्वजित गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । शिशु कल्याण इङ्लिस स्कुल र डेभिडफल क्लब संयुक्त आयोजनामा वृक्षरोपण, सरसफाइ एवं जनचेतनामूलक कार्यक्रम भयो । विश्व वातावरण…
  • प्रहरी प्रवक्तामा डिआइजी कार्की

    आदर्श समाज सम्वाददाता जेठ २१, २०८१
    पोखरा । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्। नेपाल प्रहरीद्वारा…
  • रिमाल समाज गण्डकीमा गोकुल

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले…
  • अन्नपूर्णको नीति कार्यक्रमका लागि सुझाव

    आदर्श समाज सम्वाददाता जेठ २०, २०८१
    पोखरा। अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको नीति कार्यक्रमका लागि राय, सुझाव संकलनलाई तीव्रता दिएको छ । आइतवार गाउँपालिका क्षेत्रका पत्रकार, कलाकार…

hero news full width