ओम सिद्धेश्वरको साधारणसभा

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८१
shiddhashwor mandir

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ शान्तिपथस्थित ओम सिद्धेश्वर महादेव मन्दिर संरक्षण समितिको पाचौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भयो ।

सो अवसरमा समिति अध्यक्ष टंकनाथ पहारीद्वारा लिखित ‘शिवजी कथा संग्रह’ समेत लोकार्पण र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र शुभारम्भ गरिएको छ ।

कार्यक्रममा केदारेश्वर महादेवमणि वेदविद्या सेवाश्रमका पीठाधीश डा. चित्घन चैतन्यले ईश्वर सर्वव्यापी भए पनि भावना प्रकट गर्ने थलो मन्दिर भएको बताए । उनले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई ज्येष्ठ बुवा आमालाई भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले मन्दिर वरपरको वातावरण सुन्दर बनाउन दुवै वडाले काम गरेको बताए । उनले पहिले ओझलमा परेको मूलथोक क्षेत्रमा अहिले विस्तारै विकासले गति लिन थालेको दाबी गरे ।

पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले दिवा सेवा केन्द्र वडा नं. ६ को मात्र भनेर नबुझ्न आग्रह गर्दै केन्द्रलाई व्यवस्थित तवरले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नागरिक अभियन्ता विष्णुहरि अधिकारीले नयाँ पुस्ता र ज्येष्ठ नागरिक बिचको सम्बन्ध बढाउन आवश्यक रहेको बताए ।

संस्थाका अध्यक्ष पहारीको पुस्तकमा शिवसँग जोडिएका ६६ वटा कथा समेटिएको छ ।

कार्यक्रममा पोखरा–६ का वडासदस्य दिपेन्द्र पहारी, सञ्चारकर्मी मधु अधिकारी, मितेरी नारी समूहकी अध्यक्ष सीता भट्टराई, शान्तिपाटन टोल विकास संस्थाका अध्यक्ष मोहनबहादुर कार्की, समाजसवी तेजबहादुर भट्टराई लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष पहारीको अध्यक्षतामा भएको कार्यक्रममा गायत्री गुरु ठाकुरप्रसाद बरालले स्वागत र सचिव सुनिता पहारीले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width