विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य पुरस्कृत

आदर्श समाज सम्वाददाता
फागुन २९, २०८०
jagannath

पोखरा । पोखराको विन्दवासिनी संस्कृत विद्यापीठका प्राचार्य प्राडा जगन्नाथ रेग्मी वीरशाली पन्त गौरवमय पुरस्कारबाट सम्मानित भएका छन् ।

बागलुङ नगर पालिकाद्वारा स्थापित उक्त पुरस्कार सोमबार आयोजित समारोहा वीरशाली पन्त स्मृति कोषले प्राडा रेग्मीलाई २५ हजारसहित सम्मानपत्र गरेको हो । सो पुरस्कार कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटा र बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले संयुक्त हस्तान्तरण गरेका हुन् ।

तत्कालीन मूलपालीको ढिकीचौरमा जन्मिएका नेपाली र संस्कृत साहित्यका मूर्धन्य स्रष्टा पन्तको स्मृतिमा २०७७ फागुन २८ गते बागलुङ नगरपालिकाको बैठकले स्मृति कोषमा ५ लाख रुपैयाँ राखेर कोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट पुरस्कार प्रदान गरिएको कोषका संयोजक प्राज्ञ छोटाले जनाए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख खड्काले भाषा, कला, साहित्य र संस्कृतिको जर्गेनाका लागि नगरपालिकाले सक्दो पहल गर्ने बताए । पुरस्कृत प्राडा रेग्मीका दर्जनभन्दा बढी भाषा, साहित्य, धर्म संस्कृति लगायत कृति प्रकाशित छन् ।

कार्यक्रममा सम्मानित व्यक्तित्व प्राडा जगन्नाथ रेग्मी, धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राडा रामप्रसाद शर्मा, पूर्व नगर प्रमुख जनक पौडेल, वरिष्ठ साहित्यकार काजिरोशन, वीरशाली पन्त स्मृति कोषका सदस्य ज्ञानेन्द्रराज पन्त, समाजसेवी विश्वनाथ रेग्मी, बिना कार्की, कोषका सचिव हरिप्रसाद पाण्डेय, वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठ लगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width