पोखरा प्रदर्शनी केन्द्रमा महायज्ञ तयारी

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
Bhagwat mahayagya

पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने भएको छ । श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ मूल समारोह समितिले आगामी वैशाख १ देखि १० सम्म महायज्ञ गर्न लागेको हो ।

१० दिनसम्म चल्ने महायज्ञमा हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्त श्री विभूषित ज्ञानान्द सरस्वती महाराज प्रमुख वाचक रुपमा रहने संयोजक लक्ष्मण पौडेलले आइतबार पत्रकार सम्मेलनमा बताए । उनका अनुसार महायज्ञमा देशभरिका सन्त महन्त पीठाधीशहरुको उपस्थिति हुनेछ । सप्ताह ज्ञानमहायज्ञबाट बचत रकम वैदिक गुरुकुल सञ्चालनमा सहयोग गरिने छ ।

मुलुकको धर्म, संस्कार र संस्कृतिप्रति गम्भीर रहँदै आफूहरुले उक्त महायज्ञ कार्यक्रम तय गरेको पौडेलले बताए । धर्मसंस्कृतिमाथि अतिक्रमणप्रति सजग रहँदै धार्मिक तथा सामाजिक जगतलाई सदभाव र एकताको सन्देश प्रवाह गर्न महायज्ञ आयोजना गरिएको हो ।

अन्योलबाट गुजिँ्रदै गरेको विषम् परिस्थितिमा अनेकौ वाद दर्शन र विचारले दिग्भ्रमित पारिरहेको अवस्थामा यो किसिमको महायज्ञले छुट्टै सन्देश दिने उनको भनाइ थियो । महायज्ञमा योगाभ्यास, भागवत् पाठपारायण, कथा प्रवचन, आरती पुष्पाञ्जली, प्रसाद ग्रहण, कर्ता भोजन, भजनकीर्तन लगायतका कार्यक्रम गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width