पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोडस्थित काभ्रेली खाजाघर सञ्चालक केशव भुजेल पक्राउ परेका छन् ।
मानव बेचबिखन मुद्दामा फरा भुजेल बिहीबार दिउँसो १२ बजे पोखराको मालेपाटनबाट पक्राउ परेका हुन् । उनी काभ्रेपलान्चोक पाँचखालका स्थायी बासिन्दा हुन् । कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाका अनुसार भुजेलले खाजाघरमा ३ बालिकालाई ललाई–फकाई विभिन्न लोभलालच र प्रलोभनमा पारी यौनजन्य कार्यमा लगाउने गरेका थिए । प्रहरीले गत पुस १९ गते खाजाघरमा छापा मार्नेक्रममा उनी भागेका थिए ।
सोक्रममा यौनजन्य क्रियाकलापमा संलग्न ३ जना पक्राउ परेका थिए । जसमध्ये पोखरा–९ पृथ्वीचोक बस्ने वर्ष २९ का प्रवीण गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
यस्तै, पर्वत घर भई काठमाडौं बस्दै आएका वर्ष २३ का निर्मल मल्ल र पोखरा १७ विरौटा बस्ने राजेश ठकुरी जनही ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । पक्राउ परेका खाजाघर सञ्चालक भुजेललाई शुक्रबार अदालत पेस गरिएको इन्स्पेक्टर रानाले बताए ।
Related News
सम्बन्धित समाचार
डिजल चोर्ने पक्राउ
पाेखरामा सुकु हत्याकाण्ड, बागलुङका सञ्जय बिक ८ महिनापछि पक्राउ
पोखरामा जुवातास खेल्ने १० जना पक्राउ
बस ठक्करले पाेखरामा एक महिलाकाे मृत्यु
प्राइम सहकारी ठगी प्रकरणमा अधिवक्ता इन्द्र बराल १२ लाख धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१