लुम्बिनी त्रि-दिवसीय त्रिपिटक वाचन हुँदै   

आदर्श समाज सम्वाददाता
फागुन १३, २०८०
lumbini

काठमाडौ‌ं ।  अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा आउँदो फागुन २० देखि २२ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा त्रि–दिवसीय पवित्र त्रिपिटक वाचन हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भिक्षु महासङ्घका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविरले भगवान् बुद्धको जन्मस्थलबारेको भ्रमलाई चिर्न र बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान विश्वभर स्थापित गर्न यस अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम सहयोगीसिद्ध हुने विश्वास प्रकट गर्नुभयो ।

बुद्धले आफ्नो जीवनकालमा उपदेश दिनुभएका ८४ हजार धर्मस्कन्धहरु सूत्र पिटक, विनय पिटक र अभिधर्म पिटक गरी तीन भागमा सङ्गृहीत छन् ।

त्रिपिटकका हरेक धर्मस्कन्धको अध्ययन र अभ्यासले सुख, शान्ति र मानव कल्याणको मार्ग प्रशस्त गर्ने र यसको सश्रद्धा एवं सगौरव गरिने वाचन र श्रवणले असीमित पुण्य सञ्चय हुने विश्वास छ । भारतको बुुद्धगयामा हरेक वर्ष १० दिन त्रिपिटक पाठ गर्ने चलन छ भने अन्य बौद्ध देशहरुमा पनि श्रद्धापूर्वक त्रिपिटक पाठ हुने गर्छ ।

पत्रकार सम्मेलनमा भिक्षु महासङ्घका महासचिव भिक्षु धर्मगुप्त महास्थविरले विश्वभर शान्ति र मैत्रीको सन्देश फैलाउने र करुणाभाव जगाउने उद्देश्यले आयोजना गर्न लागिएको तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन –२०८० लाई भव्य रुपमा सफल पार्न आ–आफ्नो क्षेत्रबाट सक्दो सहभागिता जनाउन सबैमा आह्वान गर्नुभयो ।

कार्यक्रम मुताविक पहिलो दिन फागुन २० गते समुद्घाटन समारोह अघि बिहान ८ बजे त्रिपिटक शोभा यात्रा निकालिने छ भने फागुन २२ गते साँझ दीप प्रज्वलन गरी कार्यक्रम समापन गरिने छ ।

यस कार्यक्रममा १२ राष्ट्रका बौद्ध धर्मगुरुहरु, भिक्षुहरु तथा प्रतिनिधिहरु सहभागी रहने बताइएको छ ।

भिक्षु महासङ्घका सचिव भिक्षु निग्रोध महास्थविरका अनसार यस कार्यक्रम अन्तर्गत १ हजार २५० जनालाई प्रवज्या दिलाई उनीहरुलाई त्रिपिटक वाचन कार्यक्रममा सम्मिलित गराइने छ ।

त्यसैगरी, भिक्षु महासङ्घबाट लुम्बिनीमा दोस्रो चरणको निर्माण सम्पन्न भएको सङ्घावासको पनि उद्घाटन गरिने कार्यक्रम छ ।   रासस

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width