अवैध सामानसहित पोखराबाट एक जना पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन १२, २०८०
Abaidh Saman Police Photo

पोखरा ।  पोखराबाट अवैध सामानसहित १ जना पक्राउ परेका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक घर भई पोखरा ४ बाग्लुङ बसपार्क बस्ने ५६ वर्षीय सुरतबहादुर रानाभाटलाई बिहीबार कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको भाडाको घरमा छापा मार्दा ५ लाख २८ हजार ७ सय १० रुपैयाँ बराबरको सामान बरामद भएको प्रहरीले जानकारी दिएको छ । खानतलासीको क्रममा ठूलो परिणाम बिलबिनाको सामग्री फेला परेको हो ।

रानाभाटले बिल नभएको चुरोट, गुट्खा, जुललगायत सामान लुकाई राखेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनबहादुर थापाले बताए । ग १ च ३७२ नम्बरको मारुती कारसमेत नियन्त्रणमा लिएको एसपी थापाले जानकारी दिए ।

ट्राफिक प्रहरीले सवारी चेकजाँचको क्रममा बिल नभएको सामान फेला पारेपछि उनी बस्दै गरेको घरमा खानतलासी भएको थियो । नियन्त्रणमा लिएको सामान, मारुती कारसहित रानाभाटलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको एसपी थापाले उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width