ढुंगा, बालुवा चोरी निकासीमा प्रयोग ४ वटा गाडी प्रहरीले समात्यो

आदर्श समाज सम्वाददाता
माघ ११, २०८०
Nepal Police

पोखरा । कास्कीको ?पा गाउँपालिकामा ढुंगाा, गिट्टी, बालुवा चोरी निकासीमा संलग्न ४ वटा गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार साँझ सवा ७ बजेतिर ?पा गाँउपालिका ७ पिप्लेबाट ४ वटा गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चोरी निकासी गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले ती गाडी समाएको हो ।

ग१त २७५५, ग१त ७२६९, ग१त ६१०३ नम्बरका ट्रयाक्टर र ग१ख ६०४९ नम्बरको टिप्परलाई फेलापारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि ?पा गाउँपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width