लैंगिक हिंसामध्ये ८० प्रतिशत घरेलु   

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०८०
mahila-himsa-1536×880

काठमाडौँ ।  लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घरेलु हिंसाभित्र पनि शारीरिक हिंसा ५३ प्रतिशत छ भने मानसिक हिंसाका घटना ४७ प्रतिशत रहेको छ ।

आजबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रहरीमा दर्ता भएका मुद्दालाई विष्लेषण गर्दा ८९ प्रतिशत चिनजानका मानिसबाटै महिला तथा बालिालिका हिंसामा पर्ने गरेका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले चिनाजानबाटै हिंसामा पर्नु दुःखद् कुरा भएकाले यसलाई रोक्न समुदायको सक्रिय सहभागिताको खाँचो रहेको औँल्याउनुभयो ।

विवरणानुसार घरेलु हिंसाभित्र श्रीमान्–श्रीमतीबीच हुने घरेलु हिंसाका घटनामात्रै ६७ प्रतिशत छ । पछिल्लो एक वर्षमा प्रहरीमा १६ हजार पाँच सय १९ घरेलु हिंसा र अन्य लैङ्गिक हिंसा चार हजार तीन सय ९४ वटा दर्ता भएका छन् ।

उमेर समूहका हिसाबले पीडित भएकामध्ये ६३ प्रतिशत बालिका (११ देखि १६ वर्ष)का छन् । पीडक भने १० वर्षदेखि २५ वर्षका मात्रै झण्डै ३८ प्रतिशत छन् । डर, धाक, धक्की देखाएर ५० प्रतिशत हिंसा भएको र चकलेट खुवाएर ३५ प्रतिशत तथा विवाह गर्ने लोभ देखाएर १४ प्रतिशत हिंसाका घटना भएका छन् ।

निर्देशनालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले ८९ प्रतिशत चिनजानका मानिसबारै हिंसा भएको तथ्यले देखाएको बताउनुभयो । त्यसमा पनि १२ प्रतिशत आफ्नै परिवारका, झण्डै २३ प्रतिशत छिमेकी, शून्य दशमलव ४६ प्रतिशत शिक्षकले हिंसा गरेको घटना दर्ता भएको छ । केटा साथीबाट पाँच प्रतिशत हिंसाका घटना भएका छन् ।  रासस

Related News

सम्बन्धित समाचार

  • कल बाइपासको धन्दामा संलग्न २ पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा ।  ‘विदेशबाट आएको कल वा मेसेज आउँदा नेपालको नम्बर देखिएमा निशुल्क नम्बर १८८ मा टिपाई सहयोग गरिदिनुहुन अनुरोध छ…
  • अवैध सामानसहित पोखराबाट एक जना पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन १२, २०८०
    पोखरा ।  पोखराबाट अवैध सामानसहित १ जना पक्राउ परेका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक घर भई पोखरा ४ बाग्लुङ…
  • ३ जनाको हत्या गरी आत्महत्या !

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    काठमाडौं । काठमाडौ‌को नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन…
  • वडाध्यक्ष सुवेदी रिहालगत्तै फेरि पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन ८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी मंगलबार धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । उनलाई…
  • लिखत कसूरमा ३ पक्राउ

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८०
    पोखरा । कास्की प्रहरीले लिखतसम्बन्धी कसूरमा बुधबार ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १९, पुरुन्चौर घर भइ…

hero news full width