पोखरा । ट्रेकिङ सामग्री बिक्रेताहरुको छाता संस्था ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) पोखराको अध्यक्षमा प्रमोद भण्डारी निर्वाचित भएका छन् । शनिबार माछापुच्छ्«े गाउँपालिका–९ सैंदीघट्टमा भएको २५ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनले भण्डारीको नेतृत्वमा १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
दुई वर्षे कार्यकालका लागि प्रथम उपाध्यक्षमा टीकाबहादुर लम्साल, द्वितीय उपाध्यक्षमा दामोदर बराल, सचिवमा महेन्द्र जिसी, सहसचिवमा टीका लम्साल र कोषाध्यक्षमा रमेशराज अधिकारी निर्वाचित भएका छन् । सदस्यमा रामजीप्रसाद अधिकारी, केशवराज बास्तोला, मिलन सापकोटा, बुद्धिबहादुर बस्नेत निर्वाचित भएको निवर्तमान अध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले गुणस्तरीय ट्रेकिङ सामग्री बिक्री गर्नेहरुको संस्था बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । उनले आर्थिक गतिविधिमा पारदर्शी हुने र प्रश्न उठ्ने ठाउँ नराख्ने दाबी गरे ।
माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सडकको विस्तारले पदमार्ग पर्यटन खस्कँदै गएको र व्यवसायी पलायन हुने अवस्था पैदा भएको बताए । उनले धेरै पर्यटक आउने कास्की, म्याग्दी, लमजुङ, मनाङ, मुस्ताङका पदमार्ग रुटमा उठ्ने शुल्क आफूहरुलाई नदिएर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले कब्जा गरेको भन्दै आक्रोश पोखे ।
टेसाका पूर्वाध्यक्ष अग्नि कँडेलले अन्तर्राष्ट्रिय ब्रान्ड बेच्नेभन्दा पनि नेपाली उत्पादनमा जोड दिने र अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्ने बताए । ‘अन्तर्राष्ट्रिय ब्रान्ड बेचिरहे पनि धेरै कर तिर्नुपर्ने भएकाले त्यो बिक्री गर्न सक्ने अवस्था छैन । कर बढ्दा अहिलेकै मूल्यमा बेच्न सकिँदैन,’ उनले थपे, ‘आफ्नो नेपाली उत्पादन गरेर, निर्यात गर्न सक्ने किसिमको वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।’
मुग्लिन–पोखरा सडकको दुरावस्थाले पर्यटकको संख्या घटेको तर सरकार र ठेकेदारलाई पर्यटन व्यवसायीले दबाब दिन नसकेको उनले बताए । चाडपर्व नजिकिँदा र आन्तरिक पर्यटकको संख्या बढ्ने समयमा पनि सडक निर्माणको काम छिटो सकिनुपर्नेमा उनले जोड दिए । ‘पोखरा आउने बाटो निर्माणको अवस्थामा छ । अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन तर हामी पनि प्रेसर दिन सकेका छैनौं,’ उनले थपे, ‘यहाँका विकृति सुधार गर्न विगतमा हामीले जे ग¥यौं अहिले त्यस्तो हुन सकेको छैन । सडकले गर्दा आन्तरिक पर्यटक पनि आउने अवस्था छैन ।’
पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष कृष्णप्रसाद भट्टराईले विश्वकै अग्लो शिखर सगरमाथाको देशमा वार्षिक २० लाख पर्यटक भिœयाउन नसक्नु दुखद भएको सुनाए । पर्यटकको संख्या बढाउने विषयमा पर्यटन व्यवसायी एकजुट हुनुपर्ने र सरकारलाई व्यवसायीमैत्री नीति बनाउन दबाब दिइनुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकीको पर्यटन : योजनामा पहिलो नम्बर, बजेट भने नगन्य
‘पोखरालाई चेतनाको पर्यटनस्थल बनाउन सकिन्छ’
४२ यात्रु लिएर फर्कियो भुटानको ड्रयुक एयर
श्रीकृष्ण जन्माष्टमीमा शोभायात्रा
एगाको २० औं साधारणसभा, पत्रकार पौडेल सम्मानित
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०