मुवाथाइको समर क्याम्प

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८०
muathai

पोखरा । मुवाथाइ खेलको विद्यार्थी लक्षित विशेष प्रशिक्षण शिविर ‘समर क्याम्प’ शनिबार पोखरामा सम्पन्न भएको छ ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा आयोजित कार्यक्रममा सहभागीहरुलाई गण्डकी प्रदेका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश सांसद प्रकाश बराल, प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मालगायतले प्रमाणपत्र वितरण गरे ।

मुख्यमन्त्री अधिकारीले खेलकुदमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै खेलाडी भित्र लुकेको प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रस्फुटन गराउन सक्नु मुख्य कर्तव्य रहेको बताए । उनले भने, ‘प्रशिक्षकहरुले जसरी मेहनत गर्नु भएको छ, त्यसलाई मैले नजिकबाट नियालेको छु । अब हामीले नितिगत रुपमा के गर्नु पर्छ त्यसबारे सोच्न हामीलाई घच्घचाएको छ ।’

मुवाथाइ खेलको आफ्नै विशेषता रहेको उल्लेख गर्दै अधिकारीले खेलकुदमार्फत् नेपाललाई विश्वमा चिनाउन थप सहयोग पुग्ने बताए । मुवाथाइ खेललाई थप परिस्कृत गर्दै विद्यालयस्तरमा पु‍¥याउनु पर्ने खाँचो रहेको उनले सो अवसरमा औंल्याए ।

थाइल्यान्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाथाइ विश्वव्यापी बनेसँगै युवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प गरिएको यसका अन्तर्राष्ट्रिय सर्टिफाइड प्रशिक्षक खगेन्द्र क्षेत्रीले जनाए । प्रदेश खेलकुदका सदस्य समेत रहेका क्षेत्रीले आफ्नै पहलमा उक्त समर क्याम्प आयोजना गरेका थिए । जहाँ उनले निशुल्क प्रशिक्षणसँगै सहभागीहरुलाई निशुल्क खेल पोसाकलगायतका सामग्रीहरु समेत वितरण गरेका थिए ।

समर क्याम्पन अन्तर्गत मुवाथाइ खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’ का विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । विभिन्न विद्यालयका १ सय जना भन्दा बढी सहभागी समर क्याम्पमा मुवाथाइ खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत प्रशिक्षण दिएको क्षेत्रीले जानकारी दिए ।

साथै समापनका अबसरमा सहभागीहरुले प्रदर्शनी खेलहरु समेत देखाएका थिए । समर क्याम्प अन्तर्गत सहभागीहरुलाई प्रशिक्षकहरु ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनिश मगर, अर्मान गुरुङले प्रशिक्षण दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • गोदारको काठमाडौं–पोखरा दौड

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिकाका अर्जुन गोदारले काठमाडौं–पोखरा दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई युएईको सार्जा पोर्ट…
  • अर्जुन कप्तानीमा १४ सदस्यीय टोली घोषणा

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपाल क्रिकेट संघ आयोजनामा विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी स्टार खेलाडी अर्जुन कुमाल…
  • राइनो संरक्षण गोल्डकप

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    नवलपुर । मध्यविन्दु–२, कोल्हुवामा आइतबारदेखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबारको खेलमा कपिलवस्तु–११…
  • १८औं कन्यादेवी कप सयपत्री रिङटाङलाई

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    लमजुङ । १८औं कन्यादेवी कप फुटबलको उपाधि सयपत्री रिङटाङले चुमेको छ । कन्यादेवी युवा क्लब अयोजनामा भएको सोही प्रतियोगिताको महिलातर्फ…
  • सहारा क्लब अष्ट्रेलियामा सिद्धार्थ पौडेल

    आदर्श समाज सम्वाददाता कार्तिक ३, २०८१
    पोखरा, ३ कात्तिक । सहारा क्लब अष्टे«लियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग