प्रोमोसनका लागि ‘ह्यारीकी प्यारी’ टिम पोखरामा

आदर्श समाज सम्वाददाता
माघ १५, २०७९
Harry ki Pyari Photo

पोखरा । माघ २० गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘ह्यारीकी प्यारी’ टोली प्रमोसनका लागि पोखरा आएको छ ।

राजधानी बाहिर प्रोमोसन टुरमा रहेको टोलीले सोमबार पोखराका पत्रकारहरुसँग साक्षात्कार गर्दै टोलीले फरकधारको सिनेमा भएको दाबी गरेको छ । निर्देशक डा.कपिल रिजालले सिनेमा नेपाली परिवेशलाई समेट्ने गरी बनेको अभिव्यक्ति दिए । उनले भने, ‘ह्यारीकी प्यारी नेपाली कल्चरलाई समेट्ने सिनेमा हो । नेपालको संस्कृतिलाई सिनेमामार्फत् अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न मद्दत पुग्ने विश्वास लिएका छौं ।’

ह्यारीकी प्यारी सिनेमालाई नेपाली, बंगाली, हिन्दी, मराठी भाषामा डबिङ गरिएको जानकारी उनले गराएका छन् । ३० वर्षदेखि युकेमा डेन्टिसको डाक्टरको कर्म गर्दै आएका रिजालको सिनेमाप्रतिको लगाव सानैदेखि भएकाले पनि उनलाई यसतर्फ आकर्षण बढेको बताए । उनका बुबा डा.भोला रिजालले पनि नेपाली सिनेमा क्षेत्रमा काम गरिसकेका छन् । लक्ष्मी पूजा, साथी, पाखे लगायत सिनेमा भोला रिजालले नै लेखेका हुन् ।

पर्वतको भुकदेउरालीमा ४५ दिनसम्म छायाँकन गरिएको सिनेमामा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतको अभिनय रहेको छ । बिआर प्रोडक्सनको प्रस्तुति सिनेमाको कथा सुदीप बराल, गिरिराज घिमिरे, अभिमन्यु निराबी र डा.कपिल रिजालले लेखका हुन् । सिनेमाका ४ गीत सार्वजनिक भइसकेका छन् । जसमा कोरियोग्राफी कविराज गहतराजको छ ।

सिनेमाका गीतमा थोमस एन्ड्रियुज, देवनजली जोशी, सौरभ दास, मिना निरौला, सपनकुमार राईको स्वर रहेको छ । युग भुसाल र शिखर सन्तोषले संगीत भरेका छन् । सनेमाका निर्माता डा. भोला रिजाल हुन् ।

Related News

सम्बन्धित समाचार

  • घनश्यामको निर्देशनमा ‘चित्रा’ बन्ने

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । फिल्म निर्देशक घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘चित्रा’ निर्माण हुने भएको छ । रामनवमी अवसरमा घोषणा गरिएको फिल्म भदौदेखि छायाङ्कनमा…
  • मगर संस्कृतिमा आधारित फिल्म ‘उखान’

    आदर्श समाज सम्वाददाता फागुन २७, २०७९
    पोखरा । नेपाली र मगर भाषामा निर्मित कथानक चलचित्र ‘उखान’ आगामी चैतमा पोखरामा प्रदर्शन हुने भएको छ । फिल्म युनिटले शुक्रबार…
  • फिल्म ‘तिम्रो मेरो साथ’ प्रचारमा

    आदर्श समाज सम्वाददाता पौष १२, २०७९
    पोखरा। नेपाली फिल्म ‘तिम्रो मेरो साथ’को मोफसल टुर पोखरादेखि सुरु भएको छ । २९ पुषदेखि हल छिर्न लागेको फिल्म प्रचारका…
  • अभिनेता ओवराय आव्या क्लबमा

    आदर्श समाज सम्वाददाता पौष ४, २०७९
    पोखरा । पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका भारतीय अभिनेता विवेक ओवराय सहितको परिवारको टोली आव्या क्लब पुगेको छ । क्लब…
  • गुरुङ फिल्म ‘एउटा चित्र’

    आदर्श समाज सम्वाददाता श्रावण १८, २०७९
    पोखरा । फिल्म ‘एउटा चित्र’ को सोमबार फस्ट लुक र टिजर सार्वजनिक भएको छ । चलचित्र पत्रकार संघ कास्कीले आयोजना…

hero news full width