स्याङ्जा । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नगरवासीको जनमतको कदर गर्दै सुशासनयुक्त नगरपालिका बनाउने प्रतिबद्धता जनाए । शुक्रबार बिहान प्रमुख तथा उपप्रमुखको पदबहाली गर्दे उनीहरुले समग्र नगरको विकास र समृद्धिका लागि जनप्रतिनिधि, कर्मचारी र स्थानीयसँगको हातेमालो गर्दै अघि बढ्ने बताए ।
‘सबैको साथ र सहयोग लिएर विगतका कमीकमजोरी सुधार गर्दै अघि बढ्नेछु,’ उनले भने, ‘हाम्रो एउटै लक्ष्य भनेको पुतलीबजार नगरबासीलाई सुखी र समुन्नत बनाउनेछु । गाउँ, सहरका आवश्यकताअनुरुपका विकासमा जोड दिनेछु ।’
यसैगरी, उपप्रमुख देवी अर्यालले न्यायिक समितिलाई जिम्मेवार बनाई न्यायका पक्ष र महिला सशक्तीकरण र रोजगार कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइन् ।
संविधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले जनप्रतिनिधि साझा उम्मेदवार भएको बताउँदै निवर्तमान जनप्रतिनिधिका अनुभव र कार्यका बारेमा छलफल र सहकार्य गर्दै नगरको विकास र समृद्धिमा जुट्न सुझाव दिए ।
कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति कुमार राना, महासमिति सदस्य तुलसी गिरी, प्रवक्ता भरत लम्साल, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीलगायतले सुखी समुन्नत पुतलीबजार निर्माणमा सहयोग गर्ने बताए ।
पदबहालीपछि प्रमुख रेग्मी र उपप्रमुख अर्यालले नगरपालिका परिसरमा सुन्तलाका बिरुवा रोपेका थिए ।
शुक्रबार नै स्याङ्जाका ५ नगरपालिका प्रमुख, उपप्रमुख र ६ वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलगायत ५ सय ७ जना जनप्रतिनिधिले पदबहाली एवं सपथ गरेका छन् ।
Related News
सम्बन्धित समाचार
बेंसीसहरमा एमाले निर्विरोध
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
पोखरामा गठबन्धनको विजय र्याली, आज सपथ ग्रहण्
एमाले उपमहासचिव गुरुङ भन्छन् : पैसाको खोलो बगाएर चुनाव जिते
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९