पोखरा । मादी गठबन्धनका उम्मेदवारले चुनाव जितेपछि पालिकालाई सांस्कृतिक गाउँ बनाउने बताएका छन् । आधुनिक शैलीले मौलिक संस्कृतिक लोप हुँदै गएको भन्दै गठबन्धनका उम्मेदवारले चुनाव जितोन पालिकालाई सांस्कृतिक गाउँपालिका बनाउने पहल गर्ने बताएका हुन् ।
मादी ७ महघारी र मादी ६, तप्राङमा भएको चुनावी सभामा मादी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि मादीको मौलिक संस्कृति जगेर्ना गर्ने प्रतिबद्धता जनाए । ‘मादी गाउँपालिका, सांस्कृतिक रुपमा धनी गाउँपालिका हो । अहिले आधुनिकताले यहाँको संस्कृति हराउँदै गएको छ, हामीले चुनाव जितेपछि त्यसलाई जोगाउन लाग्छौं,’ उनले भने ।
मादीको संस्कृति जगेर्ना गरेर पर्यटनसँग जोड्ने उनले बताए । ‘पुरानो संस्कृति जोगाउनुपर्ने त हाम्रो कर्तव्य नै हो । त्यसलाई जोगाउँदै पर्यटनसँग जोडेर, पर्यटकीय नमुना गाउँ बनाउन हामीले पहल गर्ने छौं,’ उनले भने ।
गठबन्धनकै उपाध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले संविधान रक्षा गर्न गठबन्धन एक ढिक्का भएर लागेजस्तै मादी बनाउन पनि लाग्ने बताए । सबै दलको सहमतिमा बजेट विनियोजन हुने भए पनि विपक्षी दलले आफैंले छुट्याए जसरी प्रचार गरेकोमा उनले आपत्ति प्रकट गरे । गाउँपालिका विकासका लागि सबैको समन्वय जरुरी रहेको बताउँदै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं कांग्रेस नेता कृष्ण केसीले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातासामु आग्रह गरे । चुनावमा गठबन्धनलाई जिताएर मादीलाई जिताउन मतदातामाझ उनको आग्रह थियो ।
मादी ६ वडा सदस्य पदका उम्मेदवार खेमबहादुर जिसीले चुनावपछि वडामा खेलकुद, शिक्षा, स्वास्थ्यमा जोड दिने बताए । वडा र गाउँपालिका विकासका लागि सबै दलको उत्तिकै भूमिका रहने हुँदा निषेधको राजनीति बन्द हुनुपर्ने उनको भनाइ थियो । मादी गाउँपालिका र वडा नम्बर ६ लाई समृद्ध बनाउने भिजन गठबन्धनसँग मात्र रहेको बताउँदै उनले गठबन्धनका सबै उम्मेदवारहरुलाई जिताउनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
गण्डकीमा दलित नेतृत्व २ मात्रै
रामचन्द्र पाैडेलकाे गृहनगरमा वैकुन्ठ न्याैपाने विजयी, एमाले–स्वतन्त्र गठबन्धनका जाेशीकाे प्रयास सफल भएन
मादीका कान्छा वडाध्यक्ष देवीजंगको योजना : दलित विद्यार्थीलाई छात्रवृत्ति, सिक्लेस–मनाङ पदमार्ग विकास
hero news full width
मुख्य समाचार
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
जेठ ८, २०७९स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
जेठ ८, २०७९