जनताको सेवा वडाबाटै: आचार्य

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७९
congress dhanraj~

पोखरा । सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीतर्फबाट पोखरा महानगरमा मेयर उम्मेदवार धनराज आचार्यले वडालाई प्रविधियुक्त बनाउने बताएका छन् । उनले जनतालाई सहज बनाउन अधिकांश सेवा वडाबाटै हुने व्यवस्था मिलाउने बताए ।

आचार्यले मतदातासँग वडा विकासमा लागि पर्ने बताए । ‘साना–साना समस्याको लागि महानगर जानु पर्दैन । वडाबाटै समस्याको समाधान गर्ने व्यवस्था मिलाउनेछौ,’ उनले भने, ‘वडावासीलाई सहजहोस् भनी वडालाई प्रविधियुक्त सुविधा सम्पन्न बनाउनेछौं ।’ उनले एउटा वडा र अर्को वडा जोड्ने कनेक्टिङ रोडबाट स्तरोन्नति गरिने बताए ।

पोखरा ५ मा घरदैलामो उनले पोखराको सार्वजनिक स्थलहरुमा शौचालय बनाउने पनि बताए । मानिसको आधारभूत आवश्यकताभित्र पर्ने सामान्य कुरामा पनि नेकपा एमालेको नेतृत्वले ध्यान नदिएको बताए । गठबन्धनको नेतृत्वले जितेमा सार्वजनिक स्थलहरुमा शौचालय बनाउन पहल गर्ने र जग्गा प्राप्ति भएमा सार्वजनिक शौचालय बनाउने उनले प्रतिबद्धता जनाए ।

गएको ५ वर्षमा नेकपा एमालेले घोषणापत्रका प्रतिबद्धता पूरा गर्न चुकेको उनको आरोप थियो । महानगरमा धेरै वेरुजु भएकाले त्यसको हिसाबकिताब पनि खोज्ने उनको प्रतिवद्धता छ ।

घरदैलोमा गठबन्धनबाट उपमेयरकी साझा उम्मेदवार कोपिला रानाभाटले घोषणापत्रमा भएका सुत्केरी भत्ता र २ वर्षसम्मका बालबालिकालाई पौष्टिक आहारलाई अक्षरस पालना गर्ने जनाइन् । गठबन्धनको प्रमुख एजेन्डा भनेकै प्रतिगामी नेकपा एमालेलाई हराउनु रहेकाले त्यसमा प्रतिवद्ध भएर लाग्न मतदातालाई उनको आग्रह थियो । उनले पोखरा ५ मा मित्रवत् प्रतिस्पर्धामा जानुपर्ने धारणा राखिन् ।

महानगरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार कोपिला रानाभाटले ५ वर्षभित्र महानगरीय खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजना मार्फत व्यवस्थित गरिने बतान् । ‘आधा दिन खानेपानीको लाइनमा जाने गरेको मतदाताले गुनासो गर्नुभयोे,’ उनले भनिन्, ‘खानेपानीलाई जतिसक्दो घरघरमा पु¥याउनेछौं भनेर प्रतिबद्धता गरेका छौं । एक घर एक धाराको अवधारणा सहित पानी पुर्‍याउने छौं ।’

गठबन्धनले पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण ठानिएको अन्तर्राष्ट्रिय सभा हल निर्माण सम्पन्न गर्ने र सभागृहमा रहेको सिटी हललाई व्यवस्थित गर्ने घोषणा गरेको छ । पोखराको बढ्दो सवारी चाप व्यवस्थापन गर्न अटोमेटिक ट्राफिक सिग्नलको अवधारणा अघि सार्ने गठबन्धनको घोषणापत्रमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width