पोखरा, २३ वैशाख । अजानको समय भयो, २ मिनेट शान्त बसौँ है । मियापाटन बस्तीमा घन्किरहेको नेपाली कांग्रेसको गीत र जय नेपालको नारा २ मिनेटको लागि शान्त भयो ।
मुस्लिम अगुवाहरुले नै त्यहाँ उमेदवारलाई बस्तीदेखि बस्तीवासी देखाइरहेका थिए ।
अजान भनेको नमाज पढ्न बोलाउनु हो । हरेक शुक्रबार मुस्लिमहरुको विशेष नमाज हुन्छ । चुनावको सन्दर्भमा भोट माग्दै गरेका उम्मेदवार र मतदाता सबैको शिरमा टोपी थियो । उम्मेदवार स्वयमले बाटुलो सेतो टोपी लगाएका थिए, कतिपयले ढाकाटोपी पहिरे । नमाजको समय सकिएपछि सामुहिक तस्बिर खिचे । अनि लागे घरदैलोमा ।
यो चुनावी दृश्य हो, पोखरा १३ को । जहाँ किरण बराल वडाध्यक्षको उम्मेदवार थिए । उनै किरणलाई बीचमा राखेर तस्बिर खिचाएपछि बस्तीका अगुवाहरुले घर, मतदाता चिनाउँदै हिँडे ।
सयौँको संख्याको त्यो जमाते पोखरा १३ मा किरणको क्रेज देखाउँथ्यो । मियापाटन मुस्लिम बस्ती हो । पोखराको इतिहासमा पुरानो बस्तीमध्येको यो पनि एक हो ।
त्यही बस्तीका समाजसेवी तथा अगुवा बासिन्दा हुन्, हाजी जलाल बक्स मिया । उनले वडाध्यक्षका उमेदवार बरालसँग गला मिलाए ।
अनि आशीर्वाद दिए, ‘मेरा घर २७ मतदाता छन । किरण बाबु मेरो नातिको साथी हो, केही पीर मान्नै पर्दैन । ढुक्क हुनु ।’
मियाको पुस्ताको शताब्दीको इतिहास छ मियापाटनमा । उनकी श्रीमतीले भनिन्, ‘किरण बाबु अवश्य जीत ती ।’ ‘किरण बाबुले अवश्य जित्नेछौं ।’ मिया परिवारको आशीर्वाद पाएपछि बरालको टोली अगाडि बढ्यो । बस्तीका युवाहरु अघिअघि लागे ।
त्यो क्रेज र उमेदवारसँग सँगसँगै हिंडिरहेका थिए, ५३ वर्षका मोहमद अलि । पहिला नयाँशक्ति पार्टीबाट राजनीति गरेका उनी अहिले कांग्रेसका उम्मेदवारसँगसँगै हिंडिरहेका थिए । उनलाई प्रश्न गर्यौँ, किरण बराललाई जिताउन लागिपर्नुभएको रहेछ त ?
‘म अहिले स्वतन्त्र हो । रिकन्डिसन चलाउँथे । कोभिडको कारणले छाडे । हामीलाई जसले समुदायलाई टेवा पुर्याउन सकोस, कतिपय कुरा हामीलाई अपर्याप्त छन । त्यसको पूर्तिको लागि योग्य व्यक्ति खोजेका छौं । हाम्रो चाहना पूरा गरोस् । त्यो सम्भावना मैले किरण बरालमा देखें,’ उनले भने, ‘उहाँसम्म केही दिन बसेर कुरा गर्दा पनि उहाँ सहनशील हुनुहुन्छ । उहाँको बोली, मिजास, घुलमिल, अपनत्व र सहयोगी बानी लाग्यो ।’
उनकै पुस्ताले पृथ्वीचोकदेखि मियापाटनसम्मको बाटो बनाएको उनी सम्झिन्छन् । भीडमा हिंडेका एक युवाले नारा भट्याइरहेका थिए । उमेदवारलाई बाटो देखाउने युवालाई सोध्यौं ?
साँच्चै किरण बरालले चुनाव जित्छन् त ?
ती युवाले भने, ‘यो क्रेज र भीड देख्नुभएन ? त्यो आशीर्वाद देख्नुभएन ?’
Related News
सम्बन्धित समाचार
पुतलीबजारमा जनप्रतिनिधिकाे पद वहाली, सुशासनयुक्त पुतलीबजार बनाउने प्रतिबद्धता
पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
गाउँपालिका अध्यक्षको सपथ
मेयरमा अन्तर ३ हजार पार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९