काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन, संविधान, गणतन्त्र र स्थायित्व कायम गर्ने उद्देश्यका साथ पाँच दलबीचका गठबन्धन भएको बताउनुभएको छ ।
नेपालले कहिल्यै राजनीतिक स्थायित्व पाउन नसकेको उल्लेख गर्दै उहाँले विकास र प्रगतिको बाटोमा हिँड्न नसक्नुको कारण खोज्दै आफूहरुले गठबन्धन गरेको स्पष्ट पार्नुभयो ।
पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको गठबन्धन परिवर्तनको पक्षमा उभिएकाले प्रतिगामी शक्तिका विरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएको बताउनुभयो । निमित्त नायक बन्दै नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले संसद् र जनतम तथा स्थायित्व र सुशासनमाथि प्रहार गरेको आरोप लगाउनुभयो । उहाँले एकले अर्कालाई सहयोग गरेर अगाडि जानुपर्नेमा जोड दिँदै भन्नुभयो, “छ वटा महानगरमध्ये तीन वटा महानगरमा कांग्रेसले सहयात्री दललाई सहयोग गर्छ भने तीन वटामा कांग्रेसले सहयोग पाउँछ ।”
नेपालको संविधान र निर्वाचन प्रणालीले पनि संयुक्त सरकारको परिकल्पना गरेकाले गठबन्धन जरुरी रहेको नेता पौडेलको भनाइ थियो । उहाँले पुरानो र सङ्कीर्ण सोचबाट उठेर देशको मूल समस्या समाधान गर्न एक ठाउँमा उभिनुपर्ने भएकाले र अलगअलग पार्टीबीचमा एकता जरुरी रहेको स्पष्ट पार्नुभयो ।
सामाजिक न्याय कायम गरेर निमुखा जनतालाई न्याय, विपन्न जनतालाई आयको वातावरण बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेता पौडेलले कृष्णप्रसाद भट्टराईले देख्नुभएको सपना साकार भएको र त्यसलाई अझ विस्तार गरेर जानुपर्ने, एवं काठमाडौँ उपत्यकाको फोहरमैलाको व्यवस्थापनका लागि दीर्घकालीन सोचका साथ काम गर्नुपर्ने बताउनुभयो । रासस
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१