पोखरा १० मा भोट माग्दै कांग्रेस

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७९
congress

पोखरा, २२ वैशाख । पोखरा १० मा नेपाली कांग्रेसतर्फबाट मतदातालाई लक्षित गरी सञ्चालन गरिएको घरदैलो कार्यक्रम बिहीबार पनि जारी रह्यो ।

कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार राजेश गुरुङ नेतृत्वमा सदस्यका उम्मेदवार परमेश्वरबहादुर कार्की, नरदेवी गुरुङ, पूर्णचन्द्र न्यौपाने र सुनीमाया नेपाली मतदाता भेटघाट र घरदैलो पुग्ने गरेका छन् ।

घरदैलोमा टोलबासीले प्रजातन्त्र र लोकतन्त्रको पक्षमा वकालत गर्ने पार्टी कांग्रेसलाई मत दिने प्रतिबद्धता जनाएको पार्टीका वडा १० का कार्यवाहक सभापति दीपक थापाले बताए ।
अघिल्लो निर्वाचनमा निर्वाचित कांग्रेसको जनप्रतिनिधिले कहिल्यै जनतालाई धोका हुने काम नगरेको र वडाको सुशासन तथा विकासमा क्रियाशील भएकोले पनि वडा १० मा मतदाताको साथ र समर्थन आफ्नो पार्टीलाई हुने उनी बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width