पोखरा, २२ वैशाख । नेपाली कांग्रेस पोखरा ८ को चुनावी घरदैलो अभियान सम्पन्न भएको छ । वैशाख १८ देखि सुरु घरदैलो अभियानमा उम्मेदवार आ–आफ्नो क्षेत्रमा रहेका मतदाताको घरघरमा पुगेर यसपटक गठबन्धनसहितका उम्मेदवारलाई मत दित आग्रह गरेका थिए । साथै आफूहरुले जितेमा आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गरेका थिए।
बिहीबार पोखराको सभागृहचोक, न्यरोड, नयाँबजार, पृथ्विचोकलगायत घरघरमा पुगेर उम्मेदवारले मत मागिरहँदा सो क्षेत्रका मतादाताले खानेपानी समस्या हल गरिदिन आग्रह गरे।
अध्यक्ष पदका उम्मेदवार शारदा गिरीसहितको गठबन्धनको टोलीले मतदातालाई भेटी जनउत्तरदायी, भ्रष्टाचारमुक्त स्थानीय प्रशासनको प्रतिबद्धताका साथ अमूल्य मत दिएर जिताउन आग्रह गरेको थियो ।
शुक्रबारदेखि उम्मेदवारसँगै पार्टीका नेता तथा कार्यकर्ता मतदातामाझ मतदाता शिक्षासँगै कोणसभामा लाग्ने वडा अध्यक्ष उम्मेवार गिरीले बताइन् । वडा सदस्यमा देवीमाया चालिसे, माया नेपाली, कृष्णप्रसाद श्रेष्ठ र दामोदर सिग्देल प्रतिस्पर्धामा छन्।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१