मादीमा गठबन्धनका उम्मेदवारको प्रचार

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७९

पोखरा । मादी गाउँपालिका–११ मा सत्तारुढ गठबन्धनले बुधबार चुनावी सभा गरेको छ । गठबन्धनबाट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका लालबहादुर गुुरुङ उम्मेदवार छन् ।

सभामा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद यशोदा सुवेदी गुरुङले गाउँपालिकालाई समृद्ध बनाउन गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गरी विजयी गराउन आग्रह गरिन् । उनले गठबन्धनले जित्दामात्र स्थानीय सरकारमा जनताको सही प्रतिनिधित्व हुने उल्लेख गरिन् ।

माओवादी केन्द्र गण्डकी अध्यक्ष एवं प्रदेश सांसद गायत्री गुरुङले विकासमा पछि परेको मादी गाउँपालिकालाई सडक पूर्वाधारको विकासबाट सबै वडामा पक्की कालोपत्रे सडक निर्माणका लागि गठबन्धनलाई विजयी गराउन आग्रह गरिन् ।

कार्यक्रममा गठबन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारद्वय देवीजंग गुरुङ र लालबहादुर गुरुङ, कांग्रेस क्षेत्रीय सचिव सरोज केसी, कांग्रेस मादी गाउँपालिका अध्यक्ष यमबहादुर गुरुङ, माओवादी अध्यक्ष तोरण गुरुङ, कांग्रेसबाट वडाध्यक्ष प्रत्याशी चलचित्र गुरुङ, माओवादीबाट अध्यक्षका प्रत्यासी मित्रबहादुर गुरुङ, एकीकृत समाजवादीका तर्फबाट निर्वाचन प्रचार समितिका संयोजक रनबहादुर लामा, कांग्रेस इकाइ सभापति बाबुराम रानाभाट र माओवादी केन्द्रका वडाका अध्यक्ष बुद्धिनाथ खनाल लगायतले उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए । मादीको पालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएपछि सो वडामा दुवै दलले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयसहित आ–आफ्नो उम्मेदवार उठाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width