ग्रामीण भेगमा गठबन्धनका उम्मेदवार

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७९
congress~

पोखरा । पोखरा महानगरमा गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयर उम्मेदवार कोपिला रानाभाटले महानगरका ग्रामीण क्षेत्रमा विकासको लहर ल्याउने प्रतिवद्धता गरेका छन् । बुधबधार पोखरा वडा २३, २४ र १८ मा भएका चुनावी कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

ग्रामीण क्षेत्रका सडक पिच गर्ने, खानेपानीको उचित व्यवस्था गर्ने, पर्यटकीय संरचना बनाउने, सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने उनीहरुको वाचा छ । महानगरका वडाभरि नै पिच बाटो नहुनु दुर्भाग्य भएको उल्लेख गर्दै आचार्य र रानाभाटले सहज सडक पहुँचबिना समृद्धिको कल्पना गर्न नसकिने उल्लेख गरे ।

एमाले नेतृत्वको सरकारले प्रतिवद्धता पूरा नगरेकाले आफूहरुलाई जिताउन उनीहरुको आग्रह छ । मेयर उम्मेदवार आचार्य भन्छन्, ‘अहिलेसम्म तपाईहरुलाई एमालेको सरकारले उपेक्षा गरिरह्यो । अब सही निर्णय गरी समृद्धि हासिल गर्ने बेला आएको छ ।

सिल्टेसन ड्याममा समेत ठूलो घोटला भएको आरोप गठबन्धनको छ । सिल्टेसन ड्याम बनाउँदा भएका कमीकमजोरीलाई पत्ता लगाई समस्या समाधान आचार्यले वाचा गरे । फेवा किनारमा बस्ने स्थानीयको सुरक्षालाई ध्यान दिई ताल र सिमसार क्षेत्र संरक्षण गरिने उनले बताए ।

पोखरा २४ मा देखिएको खानेपानी समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउने र कास्कीकोटको ऐतिहासिकता जोगाउने उनको भनाइ छ । उपमेयर उम्मेदवार रानाभाटले पर्यटन विकासका लागि आवश्यक अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाई काम गर्ने उल्लेख गरिन् ।

पोखरा १८, सराङकोटमा थप पूर्वाधार विकास आफूहरुको नेतृत्वमा मात्र सम्भव हुने गठबन्धनको दाबी छ ।

घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले ठूला योजना नभई मानिसका आधारभूत आवश्यकतालाई आत्मसात गर्ने योजना ल्याउन र कार्यान्वयन गर्न आग्रह गरेका थिए । घरमा शुद्ध खानेपानी, छोराछोरीलाई प्रभावकारी शिक्षा, स्वास्थ्य सेवा उपलब्धता लगायत विकासका योजना स्थानीयले माग गरे । गठबन्धनबाट पोखरा २४ का उम्मेदवार भरतबहादुर अधिाकारील आफ्नो तलब, सुविधा जनहितमा लगाउने प्रतिबद्धता गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width