पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् ।
पोखरामा बुधबार आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महाभारतमा सत्य र न्यायको लागि लडाईं भएजस्तै यसपटकको निर्वाचन एमालेका लागि सत्य र न्यायको लागि भएको बताए । ‘महाभारत युद्धमा कौरव र पाण्डवबीचको लडाईं जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ,’ उनले भने, ‘महाभारतको लडाईं पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।’
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङले एमालेका तर्फबाट अगाडि सारिएका उम्मेदवारको अन्य पार्टीका उम्मेदवारसँग तुलना हुन नसक्ने भन्दै योग्यता, क्षमता, अनुभवलगायत क्षेत्रमा योगदान र सक्रियताको हिसाबले पार्टीले सबै हिसाबले क्षमतावान् उम्मेदवारलाई अगाडि सारेकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।
उपमहासचिव गुरुङले अहिले माओवादी हिंडिरहेको बाटो गलत भएको जिकिर गरे । कांग्रेस पुँजीवादीको पार्टी भएको बताउँदै उनले माओवादीले चुनावमा आफ्नो एजेण्डा नलिएर पुँजीवादी पार्टीको एजेण्डा बोकेर हिँड्ने पार्टी कस्तो कम्युनिस्ट भनेर प्रश्न गरे । ‘माओवादीको पहिचान छैन अहिले, त्यो गुम्यो । अहिलेको चुनावमा माओवादीको आफ्नो घोषणापत्र छैन, काँग्रेसको प्रचार गर्दै हिड्ने माओवादी त्यो कस्तो कम्युनिस्ट हुन्छ ?’ उनले भने, ‘पुँजीवादी पार्टीको घोेषणापत्र बोकेर हिड्ने पार्टी, पुँजीवादी पार्टीको झण्डा बोकेर हिड्ने पार्टी अब कम्युनिस्ट रहेन ।’
एमालेबाट पोखरा महानगरपालिकामा मेयरका उम्मेदवार कृष्ण थापाले पोखरा ९ को विकासका लागि व्यवस्थित बसोबास, अत्याधुनिक बसपार्क र सडक निर्माण तथा स्तरोन्नति लगायत समस्या समाधान गर्ने बताए ।
उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले स्थानीय जनताको आवश्यकता आधारमा विकास, निर्माणका काम गरिने उल्लेख गरेकी छिन् ।
त्यस्तै, वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर गुरुङले वडा ९ मा गएको चुनावमा पराजित भए पनि एमालेले वडामा धेरै पूर्वाधार विकासका काम गरेको बताए । उनले पोखरा महानगर र सांसद कोषबाट १ करोडको बजेटमा सुकुम्वासी बस्तीमा सडक बनाउन सफल भएको बताएका छन् । निर्वाचन परिचालन कमिटी वडा ९ का संयोजक प्रकाश शर्माले सुकुम्वासी बस्तीका नागरिकलाई लालपुर्जा वितरण गर्न नेकपा एमालेले पहल गर्ने बताए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१