पोखरा । पोखरा–१८, ग्यारजातिका वासिन्दाले स्थानीय सरकारको अनुभव गर्न नपाएको गुनासो गरेका छन् ।
स्थानीय तहको चुनावमा भोट माग्न घरदैलोक्रममा सरकारले अन्य ठाउँमा विकासको विभिन्न योजनाको काम अघि बढाएको तर ग्यारजातिमा काम नबढाएको उनीहरुको गुनासो हो ।
स्थानीय मीनबहादुुर थापाले सरकार भएको अनुभव गर्न नपाएको गुनासो गरे । ‘पोखराको महत्वपूर्ण ठाउँ भयो तर विकास भएन,’ थापाले भने, ‘पानी अन्य ठाउँमा ल्याइयो तर हाम्रोमा आएन ।’
स्थानीय सरकारले पानीको लागि काम गरेकोजस्तो गरेको तर मन लागेर काम नगरेको थापाको भनाइ छ ।
स्थानीय हिमकला थापाले आफूकहाँ पानीको समस्या रहेको भन्दैै अहिलेसम्म सरकार भएको अनुभव गर्न नपाएको बताइन् । उनले ग्यारजातिलाई स्थानीय सरकारले हेला गरेको बताइन् ।
शिव तिमिल्सिनाले पनि सरकारले ध्यान दिएर काम नगरेको कारण नै घरमा पानी आउन नसकेको बताइन् ।
घरदैलोमा माओवादी केन्द्रबाट पोखरा १८ मा वडाध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले वडावासीको गुनासो बुझ्दै हिंडेका थिए । उनले शिक्षा, स्वास्थ्य रोजगारीको क्षेत्रलाई प्रथामिकतामा राखेर काम गर्ने योजना सुनाए । उनले ग्यारजातिमा पानीबत्ती, बाटो ल्याउने योजना रहेको सुनाउँदै आफ्नो टिमलाई मतदान गर्न अनुरोध गरेका छन् ।
ग्यारजातिको टापु रिसोर्टबाट सुरु घरदैलो जैशीथर, दोपरे, टापु, सिङनारा, गौरी, बासुधार डाँडा पुगेर समापन भएको थियो । माओवादी केन्द्रतर्फबाट वडाध्यक्षमा तिमिल्सिनासहित सदस्यमा होमवीर पुन, उमनाथ तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा साहारा नेपालीको उम्मेदवारी छ ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१