पोखरा १५ मा मतदातासँग भोट माग्दै एमाले उम्मेदवार

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७९
cpn uml pkr 15 toran baniya

पोखरा, २१ वैशाख । नेकपा एमाले पोखरा १५ ले घरघरमा प्रतिबद्धतापत्र बाँड्दै ५ वर्षभित्र सबै वाचा पूरा गर्ने जनाएको छ ।

बुधबार घरदैलोमा पुगेका पाँचै जना उम्मेदवारसहितको टोलीले जनतासँग भोट माग्दै प्रतिवद्धतापत्रमा उल्लेखित बुँदा आवश्यकता र औचित्य आधारमा ५ वर्षभित्र पूरा गर्ने वाचा गरेको हो । टोलीले कान्तिपुर टोल, फलेपाटन, ज्ञानमार्ग, जाल्पामार्ग र कोलपाटन क्षेत्रमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलोमा वडाध्यक्षका उम्मेदवार तोरण बानियाँलाई वृद्धवृद्धाले शीरमा हात राख्दै ‘पहिलेदेखि नै सहयोग गर्दै आइरहेकोमा अब फेरि धेरै मतले विजयी भएर जनताको मनमा बस्ने गरी काम गर्नु’ भन्दै आशीर्वाद दिएका थिए । उम्मेदवारको टोलीले पनि निर्वाचित भएपछि जनताले छिट्टै महसुस गर्ने गरी काम गर्न उत्सुक भएको प्रतिक्रिया दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग