पोखरा, २१ वैशाख । आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर १३ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका विष्णुप्रसाद बरालले उम्मेदवारी फिर्ता लिएका छन् ।
बुधबार प्रेस विज्ञप्तिमार्फत् उम्मेदवारी फिर्ता लिंदै कांग्रेसकै अर्का उम्मेदवार किरण बराललाई समर्थन गर्ने बताएका हुन् ।
बरालले नेपाली कांग्रेस क्षेत्र १ को क्षेत्रीय कार्यसमितिबाट उम्मेदवारी वितरणमा प्रजातान्त्रिक मूल्य मान्यताविपरीत भएकाले आफूले दबाब दिन उम्मेदवारी दिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ‘मेरो यो उम्मेदवारी जथाभावी तरिकाबाट टिकेट दिँदा कार्यकर्तामा विद्रोह उत्पन्न हुने र त्यसले पार्टीलाई भविष्यमा कमजोर बनाउन सक्नेतर्फ सबै जिम्मेवार नेताहरुलाई सचेत गराउनु पर्ने कर्तव्य अन्तर्गतको थियो,’ उनले भनेका छन् ।
बरालले लामो समयदेखि पार्टीमा संलग्न भएर जीवनको उर्भर समय बिताएको अहिले नेता, कार्यकर्ता तथा शुभचिन्तकको खुसीका लागि जिम्मेवारी हुनुपर्ने भएकाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् । ‘…म थप जिम्मेवार हुनु पर्दछ भन्ने सोची मैले दिएको स्वतन्त्र उम्मेदवारी आजैका मितिबाट फिर्ता लिएको छु,’ विज्ञप्तिमा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१