पोखरा, २० वैशाख । एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले परमादेशबाट बनेको गठबन्धन सरकार विकासविरोधी भएको बताएका छन् । गठबन्धनलाई नेपाली जनताको बलले परास्त गर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजय गराउन कार्यकर्तालाई संगठित भएर अघि बढ्न आग्रह गरे।
एमाले निर्वाचन परिचालन कमिटि पोखरा १७ ले मंगलबार बिरौटामा आयोजना गरेको उम्मेदवार परिचय एवं आमसभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मुलुकको स्वाधिनता र आर्थिक समृद्धिका लागि एमालेको जीत आवश्यक भएको बताइन्।
एमालेका पोखरा महानगर मेयर उम्मेदवार कृष्ण थापाले पोखरेली जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सुशासनयुक्त छिटोछरितो सेवा प्रवाह पहिलो प्राथमिकतामा रहने विश्वास व्यक्त गरे ।
महानगरमा उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले महानगरले ५ वर्षमा विकास न्याय र सुशासनका साथै विकास निर्माणमा जोड दिंदै आएको बताइन् ।
एमाले पोखरा १७ का वडाध्यक्षका उम्मेदवार राधिका शाही योगीले निर्वाचन प्रतिवद्धता पत्रका आधारमा विकास निर्माणका कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै महिला सशक्तिकरणमा जोड दिइने विश्वास व्यक्त गरिन्।
एमाले पोखरा १७ का अध्यक्ष ऋषव तिमिलाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश उपसचिव रश्मि आचार्य, वडाका उपाध्यक्ष लालबहादुर राना, उपसचिव उत्तम सिग्देल लगायतले विजय हासिल गर्न संगठित भएर निर्वाचन केन्द्रीत हुनु पर्नेमा जोड दिए।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१