पोखरा १ मा एमालेको चुनावी अभियान तीव्र

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७९
cpn uml pkr 1

पोखरा, २० वैशाख । पोखरा १ मा स्थानीय तहको निर्वाचन लक्षित गर्दै नेकपा एमालेले घरदैलो तीव्र पारेको छ । एमालेले गरेको घरदैलोमा मतदाता उत्साहित देखिएका छन् ।
घरदैलोमा वडाका स्थानीयबाट एमालेका उम्मेदवारले आर्शीवादसमेत लिएका छन् । त्यस्तै उनीहरुले स्थानीय वासिन्दाका विभिन्न गुनासो तथा समस्या सुनेर समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

वडामा अध्यक्षका प्रत्यासी साहारा प्रधानले आफूहरुलाई भोट दिएर जिताउन आग्रह गरेका छन् । आफूले जितेको खण्डमा वडावासीका सबै समस्या समाधान गर्ने र वडावासीलाई कुनै पनि सुविधाबाट बञ्चित नगर्ने उनको भनाइ थियो ।

घरदैलोमा वडामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी प्रधानसहित महिला सदस्यका उम्मेदवार शोभा गुरुङ, दलित महिला सदस्यका उम्मेदवार जुकमाया दमाई, खुला सदस्यका उम्मेदवार ठाकुरप्रसाद बगाले तथा जुमकाजी गुरुङको समेत सहभागी थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width