पोखरा। गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार धनराज आचार्यले लामो समयदेखी बन्द रहेको फुलबारी रिसोर्ट संचालनका लागि पहल गर्ने बताएका छन् । रिसोर्ट बन्द भएपछि कयौंको रोजगारी गुम्नुका साथै पर्यटनमासमेत नकारात्मक प्रभाव पारेकाले यसको सञ्चालनका लागि आफू मेयर भएलगत्तैदेखि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भने,‘रिसोर्ट सञ्चालनका लागि म पहलकदमी लिन्छु । यसबाट मजदुरले गुमाएको रोजगारी फिर्ता गर्दै पर्यटनमा पनि सकारात्मक प्रभाव पार्ने वातावरण निर्माण गर्छु ।’
पोखरामा रहेको पाच तारे होटल लामो समय बन्द रहँदा सुविधा खोज्ने पर्यटक र तारे होटल नै रोज्ने पर्यटकहरुलाई समस्यामा परेको उनको भनाई थियो । पर्यटकहरुका लागि पनि महत्वपूर्ण रिसोर्टमा काम गर्ने कामदारहरुको राजगारीको सुनिश्चितासँगै पाहुनाहरुको स्वागत योग्य बनाउने उनको भनाई थियो ।
पोखरा १५ मा मंगलबार विहान घरदैलो गर्दै उनले विवादका कारण समस्यामा परेर फुलबारी रिसोर्ट बन्द हुँदा आर्थिक रुपमा पोखराले घाटा बेहोरेको उनले बताए । उनले पोखरा अन्तराष्ट्रिय बजारसँग जोडिदै गर्दा यस्ता प्रकारका पुर्वाधारहरु पुनः संचालनको विकल्प नभएको बताए । साथै उनले नेपाल भारतको सम्बन्धको रुपमा रहेको पेन्सन क्याम्पको थप विकासका लागि पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।
पोखरा महानगरपालिका उपमेयरका उम्मेदवार कोपिला रानाभाटले पोखरा महानगरलाई महिलामैत्री बनाउने बताएकी छिन् । उनले घरदैलौ कार्यक्रममा महानगरलाई महिलामैत्री बनाउने प्रतिवद्धता जनाइन् । महिलाको हकहितका लागि विकासका आधारभुत तत्वको समेत सुधार ल्याउने उनले बताईन् । विषेशगरी उपमयेरको काम न्यायीक समिती र पुर्वाधार संरचना अनुगमन भएपनि मेयरसँग मिलेर पोखराको विकास र समृद्धिका लागि योजनाबद्ध ढंगले काम गर्ने उनले बताईन् ।
महिलाको क्षमता अभिवृद्धि, हक अधिकारका लागि त्यही अनुसारको कार्यक्रम ल्याउने उनले बताइन् । राष्ट्रियताको सवालमा भिन्न विचार भएपनी एक ठाउँमा उभिएको र गठबन्धन अझै चल्नुपर्ने बताइन् । वडामा गठबन्धन गरेका कारण जित सुनिश्चित रहेको उनको दाबी छ । उनले यो समय गठबन्धनको अस्तित्व जोगाउने बेला रहेको र सबैले इमानदार पुर्वक भुमिका बनाउनुपर्ने बताइन् ।
घर दैलो कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष मीनबहादुर गिरीले पाँच वर्ष बुद्धि बंगरा दाते किराले खाएकाले अब उपचार गर्नु पर्ने समय आएको बताए । ५ वर्षसम्म कुनै पनि काम नगर्नेहरुलाई मतदाताहरुले मत मार्फत उपचार गर्नुपर्ने धारणा राखे ।
मेयर उपमेयरसँगै पोखरा १५ वडा अध्यक्षमा कांग्रेसका मीनबहादुर गिरी , वडासदस्यमा नरेश थापा (जसपा), महेश बानिया (माओवादी) ,माया शर्मा (नेकपा, एस) र लक्ष्मी परियार (माओवादी) रहेका छन् ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१