पञ्चश्री महायज्ञ समापन

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७९
mahayagya 2

पोखरा । अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीश्री महाराज (मुक्तिनाथ बाबा) को संकल्पमा नयाँ वर्ष अवसरमा ५ स्थानमा एकै पटक भएको महायज्ञ सम्पन्न भएको छ ।

मुक्तिनाथ सन्त सेवाश्रम रामघाटको आयोजनामा राष्ट्रिय संस्कृति र सम्पदाको संरक्षणको लागि पर्वतको जलजलास्थित मृगसरोवरकालञ्जर समाज समृद्धि महायज्ञ, बागलुङको रारायिकोट समाज समृद्धि महायज्ञ, मालिका भगवती तथा गौशला समाज समृद्धि महायज्ञ बागलुङ, म्याग्दीको सिद्धभूमि समाज समृद्धि महायज्ञ र म्याग्दीकै गौश्वाँरा महायज्ञ भएको हो । अन्य ४ ठाउँमा वैशाख १ देखि ५ महायज्ञ भएकोमा कालञ्जर क्षेत्रमा ६ दिन थप गरिएको थियो ।

महायज्ञले त्यस क्षेत्रको धार्मिक एवं पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुगेको अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए । उनका उत्तराधिकारी कृष्ण स्वामीले पञ्चश्री महायज्ञको महत्वबारे प्रकाश पारेका थिए ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष महेश पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार तीर्थ बस्नेत, उपाध्यक्ष मीना भट्टराई, कोषाध्यक्ष उर्मिला बस्नेत लगायतले बोलेका थिए । कार्यक्रम संचालन सुदर्शन शास्त्रीले गरेका थिए ।

महायज्ञमा समग्र राष्ट्रको समृद्धिका लागि श्रीपञ्चलक्ष्मीको विषेश हवन गरिनुका साथै साधकको आन्तरिक शान्तिको लागि योग, ध्यान, जप, पाठपरायण, संस्कृतन, मन्त्रलेखन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width