पोखरा -११ मा  कांग्रेसकाे घरदैलाे जारी

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७९
nc pkr wada 11
पाेखरा । नेपाली कांग्रेसले स्थानीय तहकाे चुनाव प्रचारका क्रममा पाेखरा ११ काँहु क्षेत्रमा घरदैलाे अभियान जारी राखेकाे छ ।
पोखरा ११ को काहुडाँडाको पोखरी थोक, पाण्डेथोक , मचारी, सिमलचौर लगायतका स्थानमा मतदाताहरुको घर घरमै उम्मेदवारले विकासका प्रतिवद्धताका साथै मत मागेका छन् ।
सोमबार भएको घर दैलोको नेतृत्व प्रदेश प्रवक्ता माधव प्रसाद बास्तोला मधु, वडा अध्यक्ष मोहन प्रसाद बास्तोला लगायतले गरेका छन् भने वडाध्यक्ष का प्रत्यासी प्रेमप्रसाद कर्माचार्य लगायतको उम्मेदवार समुहले मतदाताका गुनासा र सुझावलाई आफुले समेट्ने बिस्वास व्यक्त गरेका छन् ।
पोखरा- ११ मा करिब ६१ सय मतदाता मध्ये काहु भेगमा करिब १९ सय मतदाता रहेका छन् । मतदाताहरु पनि मतदानको लागि निकै आकर्षक रहेको र काहुँलाइ प्रतिस्पर्धाका दलहरुले आफूलाई निर्णायक भोटको आधार मान्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width