पोखरा । स्थानीय तह निर्वाचन नजिकिएसँगै पोखरा वडा १ मा नेपाली कांग्रेसतर्फका उम्मेदवारले घरदैलो तीव्र पारेका छन् । उनीहरुले स्थानीय मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, वडाका सेवासुविधा सहज र जनमुखी कसरी बनाउन सकिन्छ भनी सुझावसमेत संकलन गरेका छन्।
घरदैलोमा वडामा निर्वाचित हुने प्रतिनिधिले प्राथमिकतामा राख्नुपर्ने काम के–के हुन् भनी मतदातासँग मत माग्नुका साथै सुझाव संकलन गरिएको थियो । आफ्नौ घरदैलोमा कांग्रेसका उम्मेदवार देख्दा मतदातासमेत उत्साहित देखिन्थे।
मतदाताले जीतको आशीर्वाद दिनुका साथै उम्मेदवारले पनि मतदाताको गुनासो, समस्या सुनी समाधानमा सक्दो गर्ने प्रतिबद्धता गरेका थिए।
पोखरा १ वडाध्यक्षमा कांग्रेसबाट सीता गुरुङ चुनावी मैदानमा छिन् । सदस्यका सुनिता कुँवर नेपाली, पार्वती खनाल पोख्रेल, मेघबहादुर गुरुङ र रामजीप्रसाद पौडेल रहेका छन् । अध्यक्ष उम्मेदवार सीता गुरुङले वडालाई पोखराको विकास, सुशासन र अन्य कामले महानगरकै १ नम्बरको वडा बनाउने बताइन् । ‘हाम्रो काम भनेको स्थानीय जनताकै सेवामा खटिने हो । वडाले प्रदान गर्ने सेवा सहज बनाउने हो । जसमा हाम्रो टिमले काम गर्छ,’ उनले प्रतिबद्धता व्यक्त गरिन्।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१