पाेखरा २८ मा कांग्रेसकाे चुनावी घरदैलो कार्यक्रम सुरु

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७९
pokhara 28

पाेखरा। नेपाली काग्रेस पाेखरा २८ काे निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।

पोखरा २८ रैकरमा उक्त सम्पर्क कार्यालय आइतबार उद्घाटन गरिएको हो । नेपाली काग्रेंसका निर्वतमान सभापति कृष्ण केसीले उक्त सम्पर्क कार्यालयको उद्घाटन गर्दै देशमा अहिले यो वा त्यो पार्टी भन्दा प्रतिगमन बिरुद्ध एक हुनुपर्ने अबस्था रहेको बताए ।

कार्यक्रममा पोखरा २८ का वडा अध्यक्ष पदका उम्मेदवार श्रीकृष्ण लामिछानेले आफू र आफ्नो टिमका ५ जनालाई विजयी गराउन आग्रह गरे । वडा नम्बर २८ लाई काग्रेसकाे किल्ला बनाउने उद्देश्य सहित घरदैलो कार्यक्रमलाई तीब्र पारिएको नेपाली काग्रेस पोखरा २८ का निर्वाचन परिचालन कमिटिका सचिव राधाकृष्ण तिवारीले जानकारी दिए ।

समुन्नत पोखराको आधार सबल अर्थतन्त्र र पुर्वाधार भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपा एकीकृत समाजबादीका धनराज आचार्यलाई मेयरमा, काग्रेंसकी नेतृ कोपिला रानाभाटलाई उपमेयरमा उमेदवारको रुपमा उठाएको हो ।

यस वडामा नेपाली काँग्रेसकाे तर्फबाट वडाध्यक्षमा श्रीकृष्ण लामिछाने, महिला सदस्यमा डाल्लादेवी भुजेल, दलित महिला सदस्यमा ईन्द्र्कला बिक, खुल्ला सदस्यतर्फ कमल थापा र नारायण बजगाईं रहेका छन्। यहाँ नेपाली का‌‌ग्रेस र नेकपा एसको सयूक्त प्यानल रहेकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width