हेमजा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य राजकाजी गुरुङ करणले नेपालमा राजनीतिक परिवर्तनको कारक माओवादी भएको दाबी गरेका छन् ।
आइतबार अन्नपूर्ण गाउँपालिका कमिटीले आयोजना गरेको उम्मेदवार भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्जसमेत रहेका करणले सो कुरा बताएका हुन् ।
इन्चार्ज करणले संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, धर्म निरपेक्षतालगायत मुद्दा माओवादी आन्दोलनका उपज भएको औंल्याए । उनले नीति माओवादीको भए पनि स्थानीय तहमा नेतृत्व अर्काे पार्टीको हुँदा संघीयता कमजोर बन्ने पनि जनाए ।
पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आत्मविश्वासका साथ पार्टी चुनावमा होमिएको भनाइ राखे । माओवादी निराश हुने अवस्था नभएको भन्दै मन्त्री बरालले जनमतद्वारा श्रेष्ठ बन्ने परिपाटीलाई सबैले आत्मसात् गर्नुपर्ने उल्लेख गरे ।
केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद् दुर्गाकुमारी विकले अब माओवादी विकासमा एजेन्डा लिएर जनताको घरघरमा पुग्ने स्पष्ट पारिन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार हरिमाया तिमिल्सिना अधिकारी, उपाध्यक्षका उम्मेदवार धर्मबहादुर गुरुङ, गाउँ पार्टीका कार्यवाहक अध्यक्ष भेषराज पौडेल, सचिव नवीन गिरी लगायतले संघीय व्यवस्था रक्षाका लागि माओवादीको जीत आवश्यक भएकोमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१