वालिङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएकामध्ये ९२ जनाले फिर्ता लिएका छन् ।
पाँच नगरपालिका र छ गाउँपालिकामा ५०७ स्थानीय जनप्रतिनिधिका लागि एक हजार ५४७ ले उम्मेदवारी दर्ता गराएकामध्ये ९२ ले फिर्ता लिएका हुन् । निर्वाचनको कार्यतालिका अनुसार शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेसँगै प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी कूल ९२ ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो ।
प्रमुख/अध्यक्षमा १४, उपप्रमुख/उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र खुला, महिला र दलित सदस्यमा गरी विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट ५५ ले उम्मेदवारी फिर्ता लिएका हुन् । वालिङ नगर प्रमुखमा दुई, उपप्रमुखमा एक, वडाध्यक्षमा छ र सदस्यमा १३ गरी कूल २२ ले उम्मेदवारी फिर्ता लिएको वालिङ नगरका निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिनुभयो ।
त्यस्तै पुतलीबजार नगर प्रमुखमा तीन, वडाध्यक्षमा छ र अन्य सदस्यमा नौ गरी १८, गल्याङ नगर प्रमुखमा एक, वडाध्यक्षमा दुई र महिला सदस्य एक गरी चारले उम्मेदवारी फिर्ता लिएका हुन् । चापाकोट नगर प्रमुखमा दुई, उपप्रमुखमा एक, सदस्यमा दुई गरी चार, भिरकोट नगर प्रमुखमा एक, उपप्रमुखमा एक, वडाध्यक्षमा तीन, सदस्यमा छ गरी ११ ले फिर्ता लिएको जनाइएको छ ।
आँधीखोला गाउँपालिकाको अध्यक्षमा दुई, वडाध्यक्षमा एक, खुला सदस्य दुई र महिला सदस्य दुई गरी सातले उम्मेदवारी फिर्ता लिएका छन् भने बिरुवा गाउँपालिकामा एक राप्रपाका खुला सदस्यले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
फेदीखोला गाउँपालिकाको अध्यक्षमा एक, वडाध्यक्षमा दुई गरी तीनले उम्मेदवारी फिर्ता लिनुभएको हो । अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षमा एक महिला र एक पुरुष गरी दुई र एक महिला सदस्य गरी तीनले उम्मेदवारी फिर्ता लिनुभएको हो । जिल्लाको कालीगण्डकी र हरिनाश गाउँपालिकामा भने कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१