हेमजामा चुनावी घरदैलो

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७९
hemja parties

हेमजा । पोखरा–२५, हेमजामा गठबन्धनका दल र नेकपा एमालेले घरदैलो अभियान तीव्र पारेका छन् ।

बिहीबारबाट गठबन्धनका दलले घरदैलो थालेका हुन् भने एमालेले बैशाख १३ गतेबाटै घरदैलो सुरु गरेको जनाएको छ ।

हालसम्म फेदी, बाँसवोट कालिकाचोक, सुइँखेत, म्याग्दीचोक लगायतका क्षेत्रमा घरदैलो गरिएको गठबन्धनबाट अध्यक्षमा उम्मेदवार कांग्रेस नेता मोतिराज तिम्सिनाले जानकारी दिए ।

एमालेले पनि फेदी, कालिकाचोक, सुइँखेत, म्याग्दीचोक, चाक्लेकुला, हनुमानचोक, बास्तोलाथर, मेलवोट लगायतमा घरघर पुगेको सदस्यका प्रत्यासी कृष्ण कुँवरले बताए ।

एमालेले शुक्रवार स्थानीय लामाचौतारामा महानगरपालिकाका प्रमुख र उपप्रमुख प्रत्यासीको उपस्थितिमा कोणसभासमेत गरेको छ । त्यस्तै कालिकाचोक स्थित सम्पर्क कार्यालय पनि उद्घाटन भएको छ ।

हेमजामा गठबन्धनतर्फबाट कांगेसका मोतिराज तिम्सिना अध्यक्ष, माओवादीबाट सुरेशबहादुर सापकोटा र आरति अधिकारी, नेकपा (एकीकृत समाजवादी) बाट इ.दीपेन्द्र बास्तोला तथा जसपाबाट सीता नेपाली सदस्यका उम्मेदवार छन् ।

एमालेले तीर्थबहादुर थापालाई अध्यक्षसहित धना तिम्सिना, तारा विश्वकर्मा, सुवास भण्डारी र कृष्णबहादुर कुँवरलाई सदस्य उठाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width