वडाध्यक्षका उम्मेदवार किरणको घरदैलो सुरु

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७९
congress pkr 13 kiran

पोखरा । नेपाली कांग्रेसबाट पोखरा १३ मा वडाध्यक्षका उम्मेदवार किरण बरालले घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

बरालले आफूले विदेशमा सिकेको सीप र अध्ययन वडाको विकासका लागि खर्चिने प्रतिवद्धता व्यक्त गर्दै ‘देख्ने, सुन्ने, भन्ने र गर्ने वडा प्रशासन युवा नेतृत्वमा स्वाबलम्बी अर्थतन्त्र र सुशासन’ भन्ने नारालाई अगाडि बढाएका छन् । युवादेखि सम्पूर्ण उमेर समूहका नागरिकका समस्यालाई वडाबाट व्यवस्थित तरिकाले सम्बोधन गर्दै नमुना वडाका रूपमा विकास गर्न आफू तयार रहेको बताए ।

देशबाट पलायन हुन लागेका युवालाई आफ्नौ देशमा रोजगार सिर्जना गर्न प्रतिबद्धता ब्यक्त गर्दै पोखरा महानगरका ३३ वडामध्ये वडा १३ लाई नमुना बनाउने बताए ।

मतदाता र करदाताको उचित सम्मान सुरक्षित भविष्यको लागि सामाजिक सुरक्षा कार्यक्रम ल्याउने उनका योजना छन् । उज्ज्वल भविष्यको पूर्वाधार सीपमूलक गुणस्तरीय शिक्षा प्रमुख आधार भन्ने नारा अघि सार्दै उम्मेदवार बरालले ती सबै पूरा गर्ने प्रतिवद्धता गरेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय नेता बराल अस्ट्रेलियाबाट अध्ययन सकेर स्वदेश फर्किएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width