मनाङको नेस्याङ ९ का वडाध्यक्षसहित सदस्य निर्विरोध

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७९
manang nisyang

लमजुङ । मनाङको एक वडामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार वडाध्यक्षसहित सदस्य सबै जना निर्विरोध भएका छन् । नेस्याङ गाउँपालिका–९ का वडा त्यस्तो नतिजा आएको हो।

नेस्याङ गाउँपालिका–९ को वडाध्यक्षमा चोल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । सोमबार मनोनयन दर्ता गर्नेक्रममा गुरुङको मात्रै उम्मेदवारी परेको छ । उनी निर्विरोध भएको औपचारिक घोषणा भने हुन बाँकी छ।

गाउँपालिकाका ३ जना एमाले, काँग्रेस समर्थित समेत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए । उनका अनुसार वडामा सबै पार्टीका नेताहरूले सल्लाह गरेर वडा अध्यक्ष माओवादीलाई दिएका हुन् । उनले भने, ‘अन्य वडा सदस्य एमाले काँग्रेसलाई दिएको थियो, बेलुका ५ बजेसम्म कसैको उम्मेदवारी नपरेपछि वडाको सबै सिटमा निर्विरोध निर्वाचित भएको हो।’

Related News

सम्बन्धित समाचार

hero news full width