उम्मेदवारीमा जे देखियो, गणतन्त्रविरुद्ध नै चर्का नारा

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७९
shankar kharal rpp

पोखरा, १२ वैशाख । स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गर्न जाँदा उम्मेदवारले गणतन्त्रविरुद्ध नै चर्का नाराबाजी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरा महानगरमा मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यको मनोनयन दर्ता गर्न ¥याली सहित गणतन्त्रविरुद्ध चर्का नाराबाजी लगाएको हो ।

‘गणतन्त्र मुर्दावाद’, ‘राजा आउ, देश बचाउ’ लगायतका नाराबाजी गर्दै उनीहरुले हिन्दु राष्ट्र नेपाल कायम गर्न राप्रपाको जीत आवश्यक रहेको दाबी गरेका छन् ।

राप्रपाले पोखराको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेल (रञ्जु) लाई उठाएको छ । उनीहरु दुवैले पोखराको सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पोखराका विभिन्न वडाहरुमा समेत वडाध्यक्ष र सदस्यको मनोनयन दर्ता गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width