काठमाडौं । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न÷देख्न सकिने उहाँले बताउनुभयो ।
अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । ‘थ्याचर’ नामक पुच्छे«ताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छे«ताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ ।
पुच्छे«ताराल वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्ने गर्छन् । जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।
रासस
Related News
सम्बन्धित समाचार
पञ्चश्री महायज्ञ समापन
धार्मिक सहिष्णुता नेपाली समाजको सबल पक्ष : मुख्यमन्त्री पोखरेल
महायज्ञमा २ करोड १४ लाख संकलन
पुम्दीकोटमा निर्मित विशाल महादेव मूर्तिको उद्घाटन
होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९