पोखरा । गायक प्रकाश सपुतले आफ्नो ‘पीर’ गीतको दृष्यलाई सम्पादन गरेर पुनः युट्युवमा राखेका छन् । करिब एक साता ट्रेन्डिङ १ मा रहेर छोटो समयमा एक करोड दर्शक पाएको भिडियो हटाएर सम्पादित भिडियो राखेको उनले आफ्नो फेसबुकमा लेखेका छन् ।
उनले पुरानो भिडियो डाउनलोड गरेर राखेको भए सामाजिक सञ्जलमा अतिरञ्जित नगरिदिन पनि अनुरोध गरेका छन् ।
उनले कसैको दबाबमा दृष्य सम्पादन नगरेको पनि स्पष्ट पारेका छन् ।
उनले फेसबुकमा लेखेका छन्:
सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा #गल्बन्दि , १५ दिनमा #कुराबुझ्नपर्छ र ७ दिनमा #पिर करोड़ पटक हेरिएको छ । हाम्रो प्रयास को ईतिहास र तपाईको प्रेम को ईतिहास निरन्तर दोहोरीएको छ । एउटा सर्जक र उसको टिमका लागि र समग्र व्यवसायिक संगित बजारका लागि यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु । यधपि तपाईको अमुल्य शुभेच्छा मेरो लागि असामान्य छ । मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु । रेकर्डहरु बनाएको छु । सपना र संघर्ष पछिको यो सफलता भने सामान्य होईन । कहिले काहि त लाग्छ – भयो अब ! पुग्यो । I’m done !
खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको छ । सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यधपि सर्जक ले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ । भैईरहोस । जे होस, पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्य ले, पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गित र भिडियो का अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो । अनअफिशियल रुपमा त पुरानो भिडियो सेभ होलान । अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरियला ( नगर्न अनुरोध ) तर लाखौ सब्सक्राईब भएको Pakash Saput official Youtube मा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृष्य बिझाउने जस्तो भयो । नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो । त्यसैले कुनै दबाब/ प्रभाव ले नभएर यो बिचमा आएका तपाईको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव ! लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नया भिडियो रि- अपलोड गरिएको छ । साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु ।केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गित र भिडियो त हटाएको छु तर गित र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु…
#पिर– Re uploaded. मन लागेछ भने फेरी हेर्नु होला । र कसैको आत्मसम्मान र सर्जकको ईमान्दारीतालाई मनन गर्दै आफ्नो प्रतिक्रिया दिनु होला । थप राजनितिकरण र अतिरन्जित नगरौ है त । धन्यबाद !
Related News
सम्बन्धित समाचार
रामभक्तलाई सोम संगीत पुरस्कार
‘सुन भनेर नमिसाउ पित्तल’ सार्वजनिक
कास्की आदर्श समाज कतारले पहिलोपल्ट पोखरामा मनायो तीज
आदर्श समाज (सामाजिक संस्था) को ‘१२ औं खुला तीज गीत प्रतियोगिता’
इन्टरस्कुल व्याण्ड फाइनललाई १० छानिए
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१