१८ महिने बालिका करणी अभियोगमा २ पक्राउ

रासस
फागुन २९, २०७८

मोरङ । सुन्दरहरैचा नगरपालिका–७ की १८ महिनाकी बालिका करणी गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले प्रक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निज अवोध बालिकालाई यहीँ फागुन २७ गते अपहरणपछि करणी गरी हत्या गर्नेमा सोही नगरपालिका बस्ने २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरी रहेका छन् । निजले बालिकालाई फागुन २७ गते मोरङको बेलवारी–८ बाट खेल्दै गरेको अवस्थामा ‘चोकोफन चकलेट’ दिई ललाइफकाइ अपहरण गरी पीडितको घरबाट १५० मिटर उत्तर पश्चिम दिशाको वयरघारीमा करणी गरी वियरको बोतल तथा ढुङ्गा प्रहार गरी हत्या गरेको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो ।

अभियुक्तलाई प्रहरीले शारीरिक र प्राविधिक अनुसन्धानबाट हत्याको घटना भएको १२ घण्टामा पक्राउ गरेको उपरीक्षक जिसीले जानकारी दिनुभयो । उनीहरूलाई हत्यापश्चात एक पसलमा मदिरा सेवन गरी मामा घरमा गएर बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । आरोपी अजय चौधरी दुई वर्ष अगाडि दुई वर्षीया बालिकाको अपहरण मुद्दामा कारागार चलान भई गएको मङ्सिर १८ गते अदालतको फैसलाबाट रिहा भएका थिए ।

बालिकाको शव विभत्स अवस्थामा फेला परेको उपरीक्षक जिसीले बताउनुभयो । अभियुक्तलाई पुर्पक्षका लागि पाँच दिन अदालतबाट म्याद थप गरिएको छ भने अपहरण, जबरजस्तीकरणी र हत्याको आरोपमा आजीवन कारावासको माग गरिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width