वालिङका उद्यमी तथा किसानलाई कृषि सामग्री

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७८
waling newsss

वालिङ । वालिङ नगरपालिकाका किसान तथा उद्यमीहरुलाई कृषि सामग्री वितरण गरिएको छ । किसानहरुका माग र आवश्यकताका आधारमा कृषि औजार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भएको ‘कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत कृषि औजार वितरण गरिएको हो ।
कृषि औजार बितरण वितरण गर्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले वास्तविक किसानलाई सहयोग गरी उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी दिए । उनले भने, ‘किसान र उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जानेछौं ।’
किसान तथा उद्यमीहरुको सोचमा परिवर्तन नआई उत्पादन वृद्धि नहुने भन्दै प्रमुख खाँणले विभिन्न साझेदार संस्थाहरुसँग मिलेर काम गरिरहेको बताए । कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले किसानहरुको मागका आधारमा वितरण गरिएका सामग्रीहरुले उत्पादन बढाउनमा मद्दत गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले आधुनिक प्रविधिका सामग्रीहरुको प्रयोगले उत्पादन र उत्पादकत्व वृद्धि हुने बताए । उद्यमशीलताको विकास बिना आर्थिक प्रगति नहुने भन्दै अर्यालले वालिङ नगरपालिकाको उत्पादन बढाउने अभियानमा युएनडिपीको सहकार्य फलदायी रहने विश्वास व्यक्त गरे । उद्यमशीलता, व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र इबिकमार्फत वालिङले सुरु गरेको उद्यमीको सहर बनाउने अभियान निकै उदाहरणीय रहेको उनको भनाइ थियो ।
किसान तथा उद्यमीका माग र सहकारी तथा समूहहरुको आवश्यक्ताका आधारमा सामग्री वितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताइन् । सामग्रीको सही प्रयोग गरी उत्पादन बढाउन उनको सुझाव छ ।
कार्यक्रममा विभिन्न ५ वटा सहकारी तथा समूहलाई कुटानी पिसानीका लागि कम्बाइन मिल, ५ वटा व्यावसायिक फर्महरुका लागि पिसानी मिल र चापकटर ५० जना किसानहरुका लागि टनेल, स्प्रे मेसिन लगायत सामग्री वितरण गरिएको परियोजनाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width