बन्धक बनाई रातभर बलात्कार

रासस
फागुन ५, २०७८
Rape

सांकेतिक तस्बिर

बैतडी । बैतडीमा एक विवाहित महिला बलात्कृत भएकी छिन् । मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कृत भएकी हुन् । महिला बलात्कृत भएपछि पीडित पक्षले बिहीबार मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ । आरोपित व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अदालतले पक्राउ पूर्जी जारी गरेको छ, जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ, ती व्यक्तिको खोजीका साथै थप अनुसन्धानमै छौँ ।” गत माघ २४ गते मेलौली नगरपालिकाको केन्द्रमा रहेको एनसिसी बैंकबाट अपाङ्गता भएकी चार वर्षीया छोरीको बाल पोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली–१ को द्वारशैनीमा बलात्कार भएको आफन्तले बताएका छन् ।

सुस्त मनस्थिति भएकी ती महिलालाई घर फर्किने क्रममा साँझ पाँच बजे एक्लै हिँडिरहेका बेला मदिरा सेवन गरेका नेगीले जबरजस्ती गोठमा लगेर बन्धक बनाई रातभर बलात्कार गरेको पीडित पक्षले बताएका छन् । पीडित महिलाको छाती, गाला र शरीरका विभिन्न भागमा घाउ छन् । पीडित महिलाका एक छोरा र एक बोल्न तथा हिँडडुल गर्न नसक्ने छोरी छन् । श्रीमान् पनि घरमै रहेका बताइएको छ । आरोपित नेगी पनि विवाहित हुन् ।

Related News

सम्बन्धित समाचार

  • रविविरुद्ध चितवनमा पनि जाहेरी

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ । सहारा चितवन सहकारीका…
  • दुर्गा प्रसाईंलाई ५ दिन थुनामै राख्न अनुमति

    आदर्श समाज सम्वाददाता मंसिर ५, २०८१
    पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बुधबार काठमाडौं जिल्ला…
  • प्रसाईंलाई ३ कसूरमा अनुसन्धान तयारी

    आदर्श समाज सम्वाददाता मंसिर ४, २०८१
    पोखरा । दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहित ३ वटा कसूरमा अनुसन्धान गरिने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयारी गरेको…
  • लामिछानेलाई १३ दिन म्याद थप

    आदर्श समाज सम्वाददाता कार्तिक २५, २०८१
    पोखरा, २० कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले…
  • सहकारी ठगीमा थप एक पक्राउ

    आदर्श समाज सम्वाददाता कार्तिक १०, २०८१
    पोखरा । सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेचर…

hero news full width