सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ६८.४८२ किलो गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ खहरेखोलाबाट गाँजासहित उनीहरूलार्य पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१ ओखलेका ४३ वर्षीय कालु ब्लोन, १९ वर्षीय कृष्णबहादुर ब्लोन र मरिण गाउँपालिका–७ देवसरा बस्ने बहादुर गोले रहेका छन् ।
उनीहरूलाई फागुन १ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो । प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले कालु र कृष्णबहादुरले टाउकोमा एकरएकवटा बोरा बोकी पञ्चकन्या वनतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । बोरासमेत खानतलासी गर्दा कालुको साथबाट एक थान मोबाइल र २२ हजार रुपैयाँ बरामद भएको उहाँले जानकारी दिनुभयो । बोराभित्र चारवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको लागूऔषध गाँजा बरामद गरिएको उहाँको भनाइ छ ।
कृष्णबहादुरको साथबाट एक थान मोबाइल, उनले बोकेको पहेलो रङ्गको प्लाष्टिकको बोराभित्र तीनवटा इँटा आकारको प्लाष्टिकले बेरीको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो ।
उनीहरूबाट बरामद गरिएको गाँजा तौल गर्दा कालुको साथबाट २०.३४ केजी र कृष्णबहादुरका साथबाट १६.२७ केजी गाँजा बरामद भएको उहाँले जानकारी दिनुभयो । उनीहरूलाई सोधपुछ गर्दा कालुले अरू थप लागूऔषध गाँजा आफ्नो भान्जा नाता पर्ने जिल्लाबहादुरसँग छ भनेपछि बहादुरलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । “बहादुरले गाँजा सिन्धुली मरिण गाउँपालिका–७ देवसरा बस्ने प्रसाद गोलेको परालको कुन्युमा लुकाई छिपाई राखेको भनेको र परालले छोपी रहेको अवस्थामा दुईवटा सेतो रङ्गको बोराभित्र तीनरतीनवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको लागूऔषध फेला परेको र तौल गर्दा ३२।२३२ केजी औषध गाँजा बरामद भएको छ”, उहाँले भन्नुभयो ।
पक्राउ गरिएकाको साथबाट जम्मा ६८.८४२ केजी गाँजा बरामद गरिएको र तीनै जनाविरुद्ध लागूऔषध ऐनअनुसार थप अनुसन्धानका लागि सिन्धुली जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
डिजल चोर्ने पक्राउ
पाेखरामा सुकु हत्याकाण्ड, बागलुङका सञ्जय बिक ८ महिनापछि पक्राउ
पोखरामा जुवातास खेल्ने १० जना पक्राउ
बस ठक्करले पाेखरामा एक महिलाकाे मृत्यु
प्राइम सहकारी ठगी प्रकरणमा अधिवक्ता इन्द्र बराल १२ लाख धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१