सिन्धुपाल्चोक । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस–६ का हाल चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने ५० वर्षीय चोपनाथ नेपाल रहेका छन् ।
उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेका छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिनुभयो । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतको विसं २०५८ पुस १६ गतेको फैसलाले नेपाललाई एक वर्ष छ महिना कैद सजाय तोकेको थियो ।
जिल्ला अदालतको बुधबार २६ गतेको आदेशले निजलाई लागेको कैद सजाय असुलका लागि बुधबार नै कारागार कार्यालय चौतारा चलान गरेको प्रनाउ बस्नेतले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
डिजल चोर्ने पक्राउ
पाेखरामा सुकु हत्याकाण्ड, बागलुङका सञ्जय बिक ८ महिनापछि पक्राउ
पोखरामा जुवातास खेल्ने १० जना पक्राउ
बस ठक्करले पाेखरामा एक महिलाकाे मृत्यु
प्राइम सहकारी ठगी प्रकरणमा अधिवक्ता इन्द्र बराल १२ लाख धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१