धमिलीकुवामा कृषि प्रविधि हस्तान्तरण

आदर्श समाज सम्वाददाता
कार्तिक १२, २०७८
lumle~

हेमजा । कृषि अनुसन्धान निर्देशनालय लुम्लेले लमजुङको राइनास नगरपालिका ६ स्थित धमिलीकुवामा प्रविधि हस्तान्तरण गरेको छ । हालै एक कार्यक्रमबीच त्यहाँ पशुपन्छी तथा बाली उपचार शिविर साथै प्रविधि प्रदर्शन तथा हस्तान्तरण गरिएको निर्देशनालयले विभिन्न कृषि प्रविधि हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नगर प्रमुख सिंहबहादुर थापाले निर्देशनालयको सहयोगमा पालिकामा अझ बढी कृषि प्रविधि भित्रिने विश्वास व्यक्त गर्दै कार्यक्रमसँगै किसानलाई फाइदा पुगेको बताए । निर्देशनालयका कार्यक्रममा नगरपालिकाको सधैं साथ रहने उनको भनाइ छ ।
निर्देशनालयका निर्देशक डा.कालिकाप्रसाद उपाध्यायले धमिलीकुवा लुम्लेको बाह्य अनुसन्धान स्थल रहेको जनाउँदै त्यहाँका कृषि समस्या समाधान गर्न संस्थाले भूमिका खेल्ने स्पष्ट पारे । शैलपुत्री नमूना माविका प्रधानाध्यापक दिनेश चिलुवालले विद्यार्थी र अभिभावकमार्फत कृषि प्रविधि प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
निर्देशनालयका बाह्य अनुसन्धान संयोजक डा.काशीनाथ चिलुवालले कार्यक्रममार्फत स्थानीय कृषकलाई फाइदा पुगेको औंल्याए । कार्यक्रमबीच राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक डा. श्रीप्रसाद विष्ट, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल लगायतले विषयगत प्रस्तुति राखे ।
सो अवसरमा नगरपालिका शिक्षा शाखा प्रमुख पूर्णबहादुर अछामी, विद्यालयका अध्यक्ष तुलसीनारायण श्रेष्ठ, किसानतर्फबाट प्रेम रम्तेल तथा नीलकुमारी त्रिपाठीले पनि बोलेका थिए ।
त्यस्तै, ५१ वटा माटो, ९३ वटा गोवर र दुधको नमुना परीक्षण गरिनुका साथै खाद्य, भेटेरीनरी, रोग किरा, कृषि, वातावरण र मत्स्यका स्टल पनि राखिएको थियो । त्यसैगरी कृषक प्रेम रम्तेल र शिवा गिरीलाई खरायोे प्रविधि हस्तान्तरण पनि गरियो ।
परीक्षणक्रममा कतिपय पशुमा नाम्ले, माटे तथा थुनेलो समस्या देखियो । त्यस्तै करिब १ सय ५० घरपरिवार किसानलाई तरकारीको बीउ पनि वितरण गरियो । कार्यक्रम शैलपुत्री नमुना माविको व्यवस्थापनमा भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width